Suvadin, Home

अलैंची उत्पादन घट्दा किसान चिन्तित

गत वर्ष ८ सय २१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलैँची मात्र उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताएका छन्। 

लमजुङ, २९ मसिर – लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ। मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन्। अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलैन्चीँ व्यवसायी महासंघ लमजुङले जनाएको छ।

गत वर्ष ८ सय २१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलैँची मात्र उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताएका छन्। 

अलैंँचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादन र मूल्यमा कमी आएपछि किसान चिन्तित बनेका छन्। पुराना बिरुवा मर्दै गएकाले उत्पादनमा कमी आएको अध्यक्ष तामाङले बताएका हुन्।

जिल्लाका कतिपय अलैँची बगानमा सिँचाइको व्यवस्था नभएको पनि उत्पादन घटेको हो। गत वर्षको तुलनामा यस वर्ष अलैँचीको क्षेत्र बढे पनि उत्पादन र मूल्य घटेको छ। केही वर्षअघि लमजुङमा अलैँचीको मूल्य प्रतिकिलो रु २ हजार ५०० थियो। सोही अलैँची अहिले प्रतिकिलो रु ८ सयमा झरेको छ। 

जिल्लाको भूलभूले, बाँझाखेत, घनपोखरा, खुदी, गाैँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँ पाखामा व्यावसायिक रुपमा अलैँचीखेती गरिँदै आएको छ। जिल्लाका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम शुरु गरिएको छ।


 

More form the Internet

loading...