Suvadin, Home

Cover Image

अन्नपूर्ण गाउँपालिकामा कांग्रेसकाे जित

 म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका डमबहादुर पुन  तीन हजार तीन सय २० मत प्राप्त गरी विजयी भएका हुन्।
नेपाली कांग्रेसकाे झन्डा।

म्याग्दी, जेठ४– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका डमबहादुर पुन  तीन हजार तीन सय २० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नारायण पुनले तीन हजार  एक सय २७ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि कांग्रेसकै केशमाया मगर तीन हजार दुर्इ सय ४५ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेकी दुर्गादेवी पाइजाले तीन हजार एक सय ८६ मत पाइन्।

 

 


 

More form the Internet

loading...