Suvadin, Home

सीमामा सुरक्षा चुस्त बनाउने सहमति

नेपाल-भारतका सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरूले सीमाको सुरक्षा अवस्था चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आसन्न स्थानीय तह चुनावका लागि सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने र सूचना आदानप्रदानमार्फत त्यस्ता क्रियाकलाप समयमै नियन्त्रणमा लिने प्रतिवद्धता पनि गरिएको छ। 
सहभागी सुरक्षा अधिकारी

ध्रुव ढकाल सुनसरी, चैत २२ - नेपाल-भारतका सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरूले सीमाको सुरक्षा अवस्था चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आसन्न स्थानीय तह चुनावका लागि सीमा क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने र सूचना आदानप्रदानमार्फत त्यस्ता क्रियाकलाप समयमै नियन्त्रणमा लिने प्रतिवद्धता पनि गरिएको छ। 

सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूका बीचमा सीमा सुरक्षा विषयमा बैठक भएको थियो। पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय पकलीमा भएको बैठकमा भारतको सशस्त्र सीमा बल सेक्टर हेटक्वाटर गान्टोक सिक्किमका डिआइजी भण्डन सक्सेना र सशस्त्र सीमा बल हेटक्वाटर रानी दंगा सिलगुडीका डिआइजी विके पाल सहभागी थिए।

नेपालका तर्फबाट पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपती सशस्त्र प्रहरी नायब महानीरीक्षक जानकीराज भट्टराई टोलीको नेतृत्व गरेका थिए। भारतीय पक्षका विके पालले नेपालमा हुन लागेको स्थानीय तह निर्वाचनमा भारतको तर्फबाट सीमा क्षेत्रमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए।

सशस्त्र प्रहरीले नियमित बैठक भने पनि नजिकिएको चुनावलाई लिएर सुरक्षा विषयमा बैठक केन्द्रित थियो। डिआइजी भट्टरार्इले सीमा क्षेत्रबाट हुने गरेको चोरी पैठारी, मानव बेचविखन र अन्य आपराधिक घटनाहरुको पनि न्यूनीकरण गर्न दुबैतर्फका सीमा सुरक्षावलले कडाइ गर्ने बताए। 
 


 

More form the Internet

loading...