Suvadin, Home

महसुल नतिर्ने ग्राहककाे लाइन काट्दै विद्युत प्राधिकरण

प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएको जानकारी अनुसार लामो समयदेखि विद्युत महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४ सय ८७ जनाको लाइन काटिएको जानकारी दिएका छन्।
सांकेतिक तस्वीर

राजविराज, फागुन ४ – नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४ सय ८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ। 

प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिएको जानकारी अनुसार लामो समयदेखि विद्युत महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४ सय ८७ जनाको लाइन काटिएको जानकारी दिएका छन्। 

त्यस्तै, साउनदेखि हालसम्म जिल्लाका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत उपकरणसहित ४ सय ४२ जनामाथि कार्वाहीसमेत गरेको उनले बताएका छन्।

तीमध्ये २ सय ६३ जनालाई र १ सय ६९ वटा उपकरणमाथि कार्वाही गरेको उनले बताएका छन्। साथै, विद्युत् चोरी नियन्त्रण गर्ने अभियानका क्रममा पानी तान्ने मोटर, टेलिभिजन, पंखा, फ्रिज, हिटर लगायतका उपकरणसमेत बरामद गरेको विद्युत् प्राधिकरणले जनाएको छ। 

यस्तै, विद्युत् हुकिङ नियन्त्रणका क्रममा पक्राउ परेका व्यक्तिबाट रु १३ लाख २५ हजार ५ सय ७३ राजश्वसमेत असुली गरिएको छ।  बाँकी बक्यौता रहेका ग्राहकबाट रु ८२ लाख ६५ हजारसमेत राजश्व असुली गर्न सफल भएको प्रमुख साहले जनाकारी दिए। 

यसैबीच, सप्तरी जिल्लामा विद्युत् हुकिङ बढेको जनगुनासो पाएपछि अहिले पनि जिल्लाको विभिन्न ठाउँमा विद्युतचोरी नियन्त्रण जारी राखेको प्राविधिक प्रमुख साहले बताएका छन्।


 

More form the Internet

loading...