Suvadin, Home

सिक्लेस जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

डेढ महिनादेखि परीक्षण उत्पादन गर्दै आएको उक्त आयोजनाको परीक्षण उत्पादन सफल भएपछि सोमबारदेखि नियमित विद्युत् उत्पादन गर्ने भएकाे हाे। आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले उक्त विद्युतलार्इ राष्ट्रिय प्रसारण लाइनमा जोडिने जानकारी दिएका छन्।
फाइल तस्विर।

काठमाडाैं, ४ माघ – कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न सिक्लेस जलविद्युत् आयोजनाले अबको ५ दिनपछि नियमित रुपमा विद्युत् उत्पादन गर्ने भएको छ। 

डेढ महिनादेखि परीक्षण उत्पादन गर्दै आएको उक्त आयोजनाको परीक्षण उत्पादन सफल भएपछि सोमबारदेखि नियमित विद्युत् उत्पादन गर्ने भएकाे हाे। आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले उक्त विद्युतलार्इ राष्ट्रिय प्रसारण लाइनमा जोडिने जानकारी दिएका छन्। 

केसी कन्स्ट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले ३ वर्ष अघिदेखि शुरु गरेको उक्त आयोजनाबाट १३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। उक्त आयोजना कूल रु २ अर्ब ५ करोडको लागतमा निर्माण गरिएको हो।

सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई ३ किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ। उत्पादित विद्युत् १ सय ३२ किमी केभी प्रसारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सवस्टेशनमा जोडिएको छ। 

रन अफ द रिभर प्रविधिमा बनेको उक्त आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रति यूनिट रु ७ र वर्षायामको समयमा प्रतियुनिट रु ४ मा विद्युत् खरिद बिक्री गर्ने सम्झौता गरेको निर्देशक केसीले बताएका छन्।


 

More form the Internet

loading...