Suvadin, Home
Nepal life 1.375M

विद्युत चोरीको आरोपमा ६ जना पक्राउ

उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा गए राति घरबाट पक्राउ गरिएको र हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको बताइएको छ। 
फाइल तस्विर।

काठमाडाैं, २८ पुस – तुलसिपुरमा विद्युत चोरीको आरोपमा ६ जना व्यक्तिलाई पक्राउ गरिएको छ। नेपाल विद्युत् प्राधिकरण तुलसीपुरका प्रमुख दीपक चौधरीले हुकमार्फत मुख्य तारबाट बिजुली चोरेर घरमा बालेको आरोपमा  पक्राउ गरिएकाे छ।

पक्राउ पर्नेमा दंङ्गिशरण गाउँपालिका–२ बस्ने ६० वर्षीय काभोलबहादुर विक, ४८ वर्षीय कुलबहादुर नेपाली, २७ वर्षीय सूर्यबहादुर चौधरी, १६ वर्षीय सुरज विक र ६३ वर्षीय पिमलाल नेपाली तथा बबई गाउँपालिका–७ बस्ने ३० वर्षीय प्रकाश नेपाली रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको सहयोगमा गए राति घरबाट पक्राउ गरिएको र हाल इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको बताइएको छ। 


 

More form the Internet

loading...