Suvadin, Home

पाँच वर्षमा २५ को ज्यान गयो
मल्हम लागेन हात्तीपीडितको घाउमा

झापा वन कार्यालयका अनुसार हात्तीको आक्रमणबाट पाँच वर्षमा २५ जनाले ज्यान गुमाएका छन्। २०६८- २०६९ मा  नौ, २०६९-२०७० मा आठ, २०७०-२०७१ मा तीन, २०७१-२०७२ मा एक र २०७२-२०७३ मा चार जनाको ज्यान गएको जिल्ला वन कार्यालय झापाका सहायक अधिकृत देबेन्द्र उप्रेतीले जानकारी दिए।
बाहुनडाँडीमा हात्ती

खगेन्द्र घिमिरे
झापा, वैशाख ३०–वर्षेनी हात्तीबाट पीडित हुँदै आएका झापाको पूर्वीउत्तरका बासिन्दाको पीडा अझै कम हुन सकेको छैन।

कहिले मानवमाथि आक्रमण त कहिले ज्यान समेत लिने हात्तीले यहाँका स्थानीयले वर्षभर दुःख गरेर लगाएको अन्नबाली समेत  नष्ट गर्ने गरेको स्थानीयको गुनासो छ। हात्तीको बथानले बाहुनडाँगी,  गाडागल्ली, तेलपानि, नकल्बन्दामा वर्षेनी आतंक मच्याउने गरेको छ।

करिब दुई करोड लागतमा १८ किलोमिटर लामो विद्युतीय सोलार फेन्सिङ्ग जडान गरेपनि हात्ती आतंकमा कमी आउन सकेको छैन। हात्तीको बथानले अन्नबाली नष्ट गर्नुको साथै मानविय क्षति समेत पुर्याउने गरेको स्थानीय डिल्लीराम निरौलाले बताए।

झापा वन कार्यालयका अनुसार हात्तीको आक्रमणबाट पाँच वर्षमा २५ जनाले ज्यान गुमाएका छन्। २०६८- २०६९ मा  नौ, २०६९-२०७० मा आठ, २०७०-२०७१ मा तीन, २०७१-२०७२ मा एक र २०७२-२०७३ मा चार जनाको ज्यान गएको जिल्ला वन कार्यालय झापाका सहायक अधिकृत देबेन्द्र उप्रेतीले जानकारी दिए।

 
 


 

More form the Internet

loading...