Suvadin, Home

Cover Image

कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाइ समिति रामपुर नगरपालिकाका कर्मचारीले मङ्गलबारदेखि आन्दोलन शुरु गरेका हुन्। हातमा कालोपट्टी बाँधेर आन्दोलन गरेको समितिका सचिव वासुदेव ढकालले जानकारी दिए।
सांकेतिक तस्विर

बेझाड, ५ पुस –  अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका हुन्। 

दिउँसो वडा कार्यालयमा कामका लागि पुगेकि रामपुर नगरपालिका–६ का लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्कनुपरेको बताए। 'मेरो अति आवश्यक काम परेका कारण साँझपख आन्दोलनको समय सकिएपछि वडा कार्यालयमा सेवा लिन पुगेँ', उनले भने। 

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाइ समिति रामपुर नगरपालिकाका कर्मचारीले मङ्गलबारदेखि आन्दोलन शुरु गरेका हुन्। हातमा कालोपट्टी बाँधेर आन्दोलन गरेको समितिका सचिव वासुदेव ढकालले जानकारी दिए।

मंङ्गलबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म, बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विहिबार बिहान १० बजे र  दिउँसो ३ बजेसम्म आन्दोलन जारी राख्ने उनले बताए। ५ वडा सचिव, ३ इञ्जिनीयर, २ सबइञ्जिनीयर,५ सामाजिक परिचालक, १४ कार्यालय सहयोगी, ३ सवारी चालक गरी ३२ आन्दोलित कर्मचारीले कार्यालको कामकाज ठप्प पारेका हुन्। 

कर्मचारीको समायोजनामा स्थानीय निकायका कर्मचारीलाई सम्मानजनक व्यवस्था हुनुपर्ने, साविकका काम गर्दै आएका अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकको सेवाको निरन्तरताका साथै कर्मचारीको सुविधा, केही प्रक्रिया पुगेका र लामो समय काम गरेका कर्मचारीलाई विशेष मौका दिई प्रक्रिया पुर्याए स्थायीको माग गर्दै कर्मचारी समायोजन ऐन २०७५ मा स्थानीय तहमा कार्यरत (जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) कर्मचारीलाई समायोजनमा समावेश गरियोस् भनी आन्दोलन गरिएको नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाइ समिति रामपुर नगरपालिकाका अध्यक्ष मदन पराजुलीले बताए। 

नगरपालिका कार्यालय र दशवटै वडा कार्यालयमा कार्यरत कर्मचारी आन्दोलन गरेपछि कार्यालय सुनसान बनेको छ। सम्बन्धित कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले कार्यालयबाट सेवा नपाएपछि फर्कन बाध्य भएका हुन्। बुधबार भने दिउँसो २ बजेपछि नगरपालिकाका केही वडा कार्यालयमा अति आवश्यक सेवा लिन जानेको चहलपहल देखिन्थ्यो। 

विद्यालयमा सोलार र कम्प्युटर जडान 

पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा रहेको सिन्दुर आधारभूत विद्यालयमा सोलार र कम्प्युटर जडान गरिएको छ। 

गाउँपालिकाको रु ३ लाख ५० हजार आर्थिक सहयोग र विद्यालयको रु ३५ हजार गरी जम्मा रु ३ लाख ८५ हजारको लागतमा विद्यालयमा सोलार र कम्प्युटर जडान गरिएको हो। ९ सय वाट क्षमताको सोलार, दुई वटा कम्प्युटर, दुई वटा फोटोकपी मेशिन जडान गरिएको प्रधानाध्यापक हुमबहादुर सुनारीले जानकारी दिए। 

विद्यालयमा सोलार र कम्प्युटर जडान भएपछि विद्यार्थीलाई प्राविधिक शिक्षा दिन सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर विकले बताए। विद्यालयमा हाल १सय ८१ विद्यार्थी अध्ययनरत छन्। 
 
 


 

More form the Internet

loading...