Suvadin, Home

Cover Image

अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न चीनको आदेश

बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ । चीनले बुधबार अमेरिकाको चर्चित अखबार वाल स्ट्रिट जर्नलका तीन जना पत्रकारलाई ५ दिनभित्र चीन छाड्न आदेश दिएको हो ।

बेइजिङ । बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ । चीनले बुधबार अमेरिकाको चर्चित अखबार वाल स्ट्रिट जर्नलका तीन जना पत्रकारलाई ५ दिनभित्र चीन छाड्न आदेश दिएको हो ।

अमेरिकी अखबार द वासिङटन पोस्टकाअनुसार निष्काशित हुने पत्रकारमा डेपुटी ब्यूरो प्रमुख जोसेफ चिन, चाओ देङ र फिलिप वेन रहेका छन् । चीन र देङ अमेरिकन नागरिक हुन् भने वेन अस्ट्रेलियन नागरिक भएको वासिङटन पोस्टले जनाएको छ ।

सो अखबारले छापेको एउटा लेखको शीर्षक वेइजिङलाई आपत्तिजनक लागेको तर त्यसप्रति सो पत्रिकाले सार्वजनिकरुपमा माफी नमागेका कारण पत्रकारलाई देश निकालाको घोषणा गरेको बताइएको छ ।

जर्नलले फेब्रुअरी ३ देखि कोरोनाभाइरसको विषयमा छाप्दै आएको स्तम्भमा चीनका विदेशमन्त्रीले आलोचना गर्दै आइरहेका थिए । 

पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक भएको बताएको छ।
 


 

More form the Internet

loading...