Suvadin, Home

निरुताले उचालिन मिस नेपाल यूरोपको ताज 

फिनल्याण्डकी निरुषा खत्रीले मिस युरोप नेपाल २०२० को ताज जितेकी छिन् । बेल्जियमको लुभेन शहरमा आइतबार सम्पन्न मिस युरोप नेपाल २०२० को प्रतिष्पर्धामा उनले उपाधी उचालेकी हुन् ।

बेल्जियम । फिनल्याण्डकी निरुषा खत्रीले मिस युरोप नेपाल २०२० को ताज जितेकी छिन् । बेल्जियमको लुभेन शहरमा आइतबार सम्पन्न मिस युरोप नेपाल २०२० को प्रतिष्पर्धामा उनले उपाधी उचालेकी हुन् ।

ड्रिम्स नेपालले पहिलोपटक मिस नेपाल यूरोप २०२० सम्पन्न गरेको हो । मीस नेपालको आयोजक ‘हिडन ट्रेजर’सँगको सहकार्य र सम्झौतामा यूरोपको उक्त प्रतियोगिता सम्पन्न भएको हो । सो ताज मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले पहिराइदिइन् ।

ग्राण्ड फिनाले हुनुपूर्व विभिन्न यूरोपीयन देशहरूमा मिस नेपाल यूरोपको अडिसन प्रक्रिया सम्पन्न गरिएको थियो । उक्त अडिसन प्रक्रियाका विभिन्न चरणहरू पार गर्दै १० प्रतियोगीहरूले फाइनल सम्मको यात्रा तय गरेका थिए ।

सबै प्रतियोगीहरूलाई पछि पार्दै फिनल्यान्डनिवासी निरूसा खत्रीले मिस नेपाल यूरोप २०२० को उपाधि जितेकी हुन् ।

यसैगरी निर्णायक मण्डलबाट सोधिएको प्रश्नहरूको सही उत्तर आत्मविश्वासका साथ दिएर मिस नेपाल यूरोप २०२० मा फस्ट रनर अपको उपाधि आयरल्याण्ड निवासी संगीता थापाले हात पारिन् भने सेकेण्ड रनर अपको उपाधी जितिन् बेल्जियम निवासी ज्योति भट्टले जितिन् । यसैगरी मिस फोटो जेनिस मेला नेपाली, मिस सोसियल श्रद्धा थापाले उपाधि जितिन् ।


उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा हिडन ट्रेजर डाइरेक्टर प्रमोदरत्न कंसाकर, अन्तरराष्ट्रिय मोडल मिस क्यारोलिन र प्रसान्त ताम्रकार रहेका थिए ।

यूरोपका बिभिन्न शहरहरूमा गरिएको अडिसन राउण्डबाट रोजमरी भोटिया स्वीटजरल्याण्ड, अस्ट्रियाबाट स्नेहा मल्ल, अस्मिता ढकाल, श्रेया भण्डारी, सुस्मिता न्यौपाने फ्रान्स, नर्वेबाट श्रद्धा सिंह थापा, सुशिला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे, आयरल्याण्डबाट संगीता थापा बेल्जियमबाट सविना नेपाली, ज्योति भट्ट, लुना श्रेष्ठ सहभागी थिइन् । 

मिस नेपाल यूरोपमा सहभागी सबै प्रतिस्पर्धीहरूलाई कोरियोग्राफी मिस नेपाल २००५ सुगरिका केसीले गरेकी थिइन् ।


 

More form the Internet

loading...