Suvadin, Home

विद्युत चोरी गरेको अभियोगमा पन्ध्र जना पक्राउ

विद्युत चोरी नियन्त्रण गर्न विद्युत विद्युत प्राधिकरण तुलसीपुर सक्रिय भएपछि अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन्। प्राधिकरणले शनिबार राति पन्ध्र जनालाई विद्युत चोरी गरेको अभियोगमा पक्राउ गरेको छ। उनीहरु अहिले थुनामा रहेका छन्।
विद्युत चाेरी गर्न प्रयाेग गरिएकाे मिटर । तस्विरः नारायण/शुभदिन

तुलसीपुर, फागुन ८


विद्युत चोरी नियन्त्रण गर्न विद्युत विद्युत प्राधिकरण तुलसीपुर सक्रिय भएपछि अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन्। प्राधिकरणले शनिबार राति पन्ध्र जनालाई विद्युत चोरी गरेको अभियोगमा पक्राउ गरेको छ। उनीहरु अहिले थुनामा रहेका छन्।

अघिल्लो सातापनि एकैदिन २१ जना अभियुक्तलाई पक्राउ गरी जरिवाना गरेर छोडेको थियो। विद्युत चोरी गर्नेबाट प्रतिव्यक्ति चार हजारदेखि चालिस हजारसम्म जरिवाना असुल गरिएको थियो।

उसले घरमा प्रयोग गरेका विद्युत उपकरणका आधारमा त्यस्तो जरिवाना गरिएको विद्युत प्राधिकरण कार्यालय तुलसीुपरका प्रमुख टंकराज गिरीले जानकारी दिए। गएराति पनि विद्युत चोरी गर्ने पन्ध्र जनालाई विद्युत प्राधिकरण तुलसीपुरवाट खटिएको गस्ती टोलीले पक्राउ गरेको छ।

विद्युत चुहावट नियन्त्रण गर्ने उद्देश्यले प्राधिकरण सहितको प्रहरी टोलीले रातको समयमा गस्ती गर्न थालेपछि विद्युत चुहावट गर्नेहरु तुलसीपुर क्षेत्रबाट धमाधम पक्राउ पर्न थालेका हुन्।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख टंकराज गिरीले जानकारी दिएका छन्। विशेष सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा गएको प्राधिकरणको टोलीले पक्राउ गरेको प्राधिकरण प्रमुख गिरीले बताए।

पक्राउ परेकाहरुको घरमा  मिटर बक्सभन्दा बाहिरबाट विद्युत जडान गरेर विद्युत चोरी र चुहावट गरेको पाइएकाले  पक्राउ गर्नु परेको गिरीले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरुको घरबाट विद्युत चोरी गर्न प्रयोग गरिएका तारलगायतका अन्य उपकरण बरामद गरिएका छन् ।


 

More form the Internet

loading...