Suvadin, Home

Cover Image

कोरियन भाषा परीक्षाको आवेदन चैत ८ देखि 

मंगलबार सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो। परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुनेछ। दुवै दिन दुुई सिफ्टमा सञ्चालन हुनेछ। पोखरा र काठमाडौँमा परीक्षा सञ्चालन हुन भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ।

काठमाडौं,२८ फागुन- ईपीएस भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ। सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ।

मंगलबार सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो। परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुनेछ। दुवै दिन दुुई सिफ्टमा सञ्चालन हुनेछ। पोखरा र काठमाडौँमा परीक्षा सञ्चालन हुन भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ।

एचआरडी कोरियाले सन् २०१९ का लागि १० हजार ५० जनाको कोटा निर्धारण गरेर पठाएको छ। जसमा उत्पादन मुलक क्षेत्रमा ७ हजार ५० र कृषि तथा पशुपालनको क्षेत्रमा तीन हजार जनाको कोटा निर्धारण गरिएको छ। एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आवेदन फारम भर्न सकिनेछ। उत्पादनमुलक क्षेत्रमा तीन उपक्षेत्र र कृषितर्फ दुुई मध्ये एक उपक्षेत्र छनोट गर्नुपर्ने छ।

भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थीले दोश्रो चरणमा स्किल टेस्ट र कम्पेटेन्सी टेस्टमा सहभागी हुनुपर्ने छ। त्यसमा सफल भएमात्रै रोजगार आवेदन फारम भर्न पाउने छन्। 


 

More form the Internet

loading...