Suvadin, Home

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी

धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी भएका छन्।
निर्माण व्यवसायी महासंघको लोगो।

जनकपुरधाम, २९ पुस -धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी भएका छन्। निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १८६ मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा रामदुलार साह, महासचिवमा रमेशकुमार यादव, सचिवमा जयप्रकाश साह र कोषाध्यक्षमा रुपेशकुमार सिंह निर्वाचित भएका छन्। सदस्यअन्तर्गत ‘घ’ श्रेणीका सदस्यमा विजयकुमार झा, सन्तोषकुमार मुखिया र नवनीतकुमार झा निर्वाचित भएका हुन्। रासस


 

More form the Internet

loading...