Suvadin, Home

संरक्षणको पर्खाइमा पुरैना ताल

परापुर्व कालदेखी नै यो ताल रहेको र हालसम्म कसैको नजर जान नसकेकाले ओझेलमा परेको छ। अनुमानीत १२/१३ बिघाह क्षेत्रफलमा फैलीएको स्वस्च्छ र सुन्दर तालमा डुंगा समेत संचालन गर्न सकिन्छ। तालको बिचमा रहेको मन्दीरले यसको महत्व झन थपेको र वरपरका दुईवटा तालले यो तालको बनावटमा अझ सुन्दरता भरेको भान हुन्छ।

-लोक देउबा 
कैलाली, १० फागुन – कैलालीको बर्दगोरीया गाउपालिका अन्तर्गत नौनियामा रहेको पुरैना ताल संरक्षणको अभावमा ओझेल परेको छ। 

बर्षौ देखी अझेलमा रहेको र कसैको नजर नपुगेको पुरैना तालको प्रचार प्रसार गरी पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके यस क्षेत्रको पर्यटकिय विकासमा टेवा पुग्ने देखिन्छ। 

परापुर्व कालदेखी नै यो ताल रहेको र हालसम्म कसैको नजर जान नसकेकाले ओझेलमा परेको छ। अनुमानीत १२/१३ बिघाह क्षेत्रफलमा फैलीएको स्वस्च्छ र सुन्दर तालमा डुंगा समेत संचालन गर्न सकिन्छ। तालको बिचमा रहेको मन्दीरले यसको महत्व झन थपेको र वरपरका दुईवटा तालले यो तालको बनावटमा अझ सुन्दरता भरेको भान हुन्छ।

परापुर्व काल देखिनै बिशेष गरी थारु समुदायले आफ्नो देवी देउता पुज्ने बिशेष स्थानको रुपमा यो ताल क्षेत्रलाई मान्दै आएको भएपनि हाल भने यस्तो अवस्था नभएको थारु समुदायका अगुवाहरु बताउँछन।

यस ताल क्षेत्रमा घोडाघोडी तालमा जत्तीकै र जस्तै चराचुरुङ्गी देखिने भएतापनि कुन कुन जातका र कति चराहरु छन् भन्ने आँकडा भने निकालिएको छैन। धेरै ठुलो क्षेत्रफलमा फैलिएको सामुदायिक वन तथा चुरेसंग सीमा जोडीएका वन जंगल भएकाले थुप्रै जंगली जनावरहरु समेत देखिने गरेको जानकारहरुको भनाई छ।

पर्यटकीय क्षेत्रमा अथाह सम्भावना बोकेको पुरैना तालमा हाल सम्म सरकार तथा विभिन्न संघ संस्थाको नजर भने पर्न सकेको छैन। यस ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास र बिस्तार गर्न सके बर्दगोरीया गाउपालिका मात्र होईन समग्र सुदुरपश्चिम प्रदेशको आर्थिक सम्बृद्धीसंग यसलाई जोड्न सकिनेछ।


 

More form the Internet

loading...