Suvadin, Home

फेसबुककाे स्टाट्सले जागिरै धरापमा 

के तपाई सरकारी कर्मचारी हो? सरकारविरुद्ध नै फेसबुक स्टाट्स लेख्दै आउनु भएको त छैन्? त्यसो हो भने खाइपाई आएको जागिर नै धरापमा पर्न सक्छ। हाेसियार हुनुहाेस्।
रायपुरस्थित केन्द्रीय कारागारकी डिप्टी जेलर वर्षा डोंगरे

काठमाडौं, वैशाख २४– के तपाई सरकारी कर्मचारी हो? सरकारविरुद्ध नै फेसबुक स्टाट्स लेख्दै आउनु भएको त छैन्? त्यसो हो भने खाइपाई आएको जागिर नै धरापमा पर्न सक्छ। हाेसियार हुनुहाेस्।

भारत, छत्तिसगढको बस्तर इलाकामा खटिएका सुरक्षाकर्मीको आलोचना गरेर स्टाट्स लेखेकाे आरोपमा रायपुरस्थित केन्द्रीय कारागारकी डिप्टी जेलर वर्षा डोंगरेको जागिरै गएको छ।

छत्तीसगढ माओवादी प्रभावित इलाका मानिन्छ। त्यहाँ दिनहू जसो माओवादी लडाकु र सुरक्षाफौजका बीचमा गोली हानाहान भइरहन्छ।

सुरक्षाफौजले मानवअधिकारको उल्लंघन गर्दै आदिबासी समुदायमाथि अधिकतम बल प्रयोग गरिरहेको र सरकारले उक्त क्षेत्रका आदिबासीलाई जल, जमिनको अधिकारबाट बेदखल गरिरहेको आरोप सहित बर्षाले स्टाट्स लेखेकी थिइन।

त्यसपछि सरकारले उनलाई पदबाटै निलम्बन गरेको हो। छत्तीसगढका गृहमन्त्री रामसेवक पैकराले वर्षाले फेसबुकमा लेखेका स्टाट्स निक्कै गम्भीर र संदेहास्पद रहेको बताए। ‘उनको माओवादी विचारधारासँग नजिकको सम्बन्ध हुनसक्ने सम्भावना छ, त्यसबारेमा पनि छानबिन चलिरहेको छ,’ उनले भने।

छत्तीसगढका प्रहरी महानिर्देशक (कारागार) गिरधारी नायकले हिन्दी बीबीसीलाई भनेका छन्, ‘उनीविरुद्ध कैयौं गम्भीर आरोप छन्। त्यसैले निलम्बन गरिएको हो। नोटिस जारी गरेर जवाब मागिएको छ।’ 

जेलर वर्षाले गत साता फेसबुकमा सुरक्षा बल लगायत सरकारविरूद्ध गम्भीर आरोप लगाएकी थिइन्। उनले बस्तरमा बस्दाको आफ्नो अनुभव पनि फेसबुकमा सेयर गरेकी थिइन्।

सरकारले वर्षाले लेखेको पोष्टको जाँच सुरु गरेको छ। उनले फेसबुकबाट पोष्ट डिलिट गरिसकेपनि त्यो भन्दा पहिल्यै यो पोष्ट भाइरल भइसकेको थियो।–एजेन्सीकाे सहयाेगमा
 


 

More form the Internet

loading...