Suvadin, Home

फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढ्यो

सन् २०१७ को दोस्रो त्रैमासिककमा सामाजिक सञ्जाल फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढेको छ। विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने गरेकोले विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका हुन्।फेसबुकमा अनुसार जुन महिनामा उसका प्रयोगकर्ताको संख्या दुई दशमलब एक अर्ब रहेको थियो।
मार्क जकरबर्ग।

काठमाडौं, साउन १२ – सन् २०१७ को दोस्रो त्रैमासिककमा सामाजिक सञ्जाल फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढेको छ। विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने गरेकोले विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका हुन्।फेसबुकमा अनुसार जुन महिनामा उसका प्रयोगकर्ताको संख्या दुई दशमलब एक अर्ब रहेको थियो।

फेसबुककका अनुसार गत अप्रिलदेखि जुनसम्मको तीन महिनाको अवधिमा उस्को आम्दानी ९.३ अर्व डलर पुगेको थियो।यो वर्षको आधा अवधि र पछिल्लो त्रैमासिक हाम्रो लागि राम्रो भएको छ।मार्क जकरबर्ग, प्रमुख कार्यकारी अधिकृत, फेसबुक त्यस अवधिमा उसको नाफा ७१ प्रतिशतले बढेको बताइएको छ।फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले भने, ‘यो वर्षको आधा अवधि र पछिल्लो त्रैमासिक हाम्रो लागि राम्रो भएको छ।’

उनले सन् २००४मा फेसबुक खोलेका थिए।फेसबुकले प्रयोगकर्तासंगै बढीभन्दा बढी विज्ञापन आकर्षित गरिरहेको छ।सामाजिक सञ्जाल प्रयोगकर्तातस्वीर कपीराइटउसले आफ्ना अन्य सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्स्यापतर्फ पनि विज्ञापन आकर्षित गर्ने सम्भावना खोजिरहेको छ।

फेसबुकका अनुसार इन्स्टाग्रामले पनि वृद्धिमा योगदान दिइरहेको छ। तैपनि फेसबुकको न्यूजफिड नै वृद्धिको लागि सबैभन्दा प्रभावकारी माध्यम साबित भएको छ।जकरबर्गको भनाइमा फेसबुकको मेसेन्जर सेवामा अहिले नै विज्ञापन आकर्षित गर्न सकिदैन किनभने त्यो अझैपनि प्रारम्भिक चरणमै छ।तर उनले दिर्घकालमा त्यो पनि आम्दानीको श्रोत हुने संकेत दिए।चौबिस घन्टासम्म रहने सन्देश राख्ने सुविधा भएको स्न्यापच्याटसँग फेसबुकले तीव्र प्रतिस्प्रर्धा गरिहेको छ। बिबिसी


 

More form the Internet

loading...