Suvadin, Home

#SuvadinMuseum
टाइटनिक दुर्घटनाका तथ्यहरू

टाइटनिक दूर्घटना सन् १९१२ को अप्रिल १४ को रात ११ बजेर ४० मिनेटमा भएको थियो। जुन समुन्द्रमा भएकाे अाजसम्मकै सवैभन्दा ठुलाे दूर्घटना हाे। राती २ बजेर २० मिनेटमा पूरै जहाज समुद्रमा डुबेकाे थियाे जसमा १५१७ जना मानिस मरेका थिए। इंगल्याण्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्रामा रहेकाे टाइटेनिकका केही तथ्यहरू यस्ता छन्ः-


➤ टाइटनिक विश्वको सबभन्दा ठूलो यात्री जहाज थियो यसलाई समुन्द्रमा बसाएको एक शहर भन्दथ्यो ।
➤ भनिन्छ यस जहाजको मालिक J. Bruce Ismay (जे .ब्रूस इस्मे) थियो ।
➤ यस जहाजलाई कहिल्यै नडुब्ने जहाज पनि भनिन्थ्यो तर यो आफनो पहिलो यात्रामा नै डुबेको थियो ।
➤ जब जहाज 10 अप्रिल 1912 मा साउथम्पटन (इङ्गल्याण्ड) बाट आफनो प्रथम यात्रामा हिडिएको थियो ।
➤ सुरुमा त यो सहि तरिकाले लगातार चार दिन सम्म चल्दै थियो तर चार दिनको यात्रा पछि 14 अप्रिल 1912 मा जहाज एक हिमशीला (हिउँको विशाल ढिस्को) सँग ठोक्कियो किनकी जे .ब्रूस इस्मेले जहाजको कप्तान Edward Smith लाई जहाज तीव्र गतिमा चलाउँन आज्ञा दिएकोले समयमा जहाजलाई मोड्न नसकेर ठोक्किएको थियो ।
➤ त्यसैले जहाजको अगाडिको भागमा प्वाल पर्यो र 11:40 p.m देखि जहाज डुब्न सुरु गरेर करिब 2:20 a.m मा पूरै जहाज समुन्द्रमा डुबेको थियो ।
➤ टाइटनिक जहाजको कुल क्षमता यात्रु र चालक दल सहित करिब 3549 थियो ।
➤ त्यस समय 2,223 यात्रु लिएर जहाज न्यूयोर्क शहर हिडिएको थियो र नियमानुसार जहाजमा केबल 1,178 मानिसको लागि मात्रै जीवनरक्षक बोट थियो जसमा 1,517 जना मानिसको मृत्यु भएकोमा बढी मात्रामा पुरुषको मृत्यु भएको थियो किनकी बच्चा र महिलाहरुलाई पहिला उतारिएको थियो ।
➤ टाइटनिक त्यस समयको सबभन्दा अनुभवी इन्जीनियर द्वारा डिजाइन गरिएको थियो ।
➤ टाइटनिक जहाज बनाउँनको लागि उत्तम टेक्निकको साथ यसको निर्माण Belfast (Ireland) को Harland र Wolff शिपयार्डमा गरिएको थियो ।
➤ टाइटनिकको निर्माण 31 मार्च 1909 मा American J.P. Morgan र International Mercantile Marine Co. को लागत बाट सुरु भएको थियो ।
➤ टाइटनिकको आकार धेरै राम्रो थियो यसको कुल लम्बाई 882 फीट र 269.1 मीटर चौडाई, तौल 46,328 टन र पानीको स्तर देखि डेक सम्मको ऊचाई 18 मीटर थियो ।
➤ टाइटनिकमा 29 Boiler थियो जुन 159 कोइला द्वारा सञ्चालित भट्टि सँग जोडिएको थियो र जहाजलाई 23 समुन्द्री माइल 43 km/h को दरले तैरिन्थ्यो ।
➤ टाइटनिक जहाजको रूपरेखा पनि साह्रै राम्रो थियो, यसको भित्र सबै प्रकारको सुविधा थियो जस्तै प्रथम श्रेणीको खण्डमा स्विमिङ्ग पूल, एक व्यायामशाला, एक स्क्वाश कोर्ट, स्नानगृह, इलेक्ट्रिक स्नानगृह र एक क्याफे आदी थियो ।
➤ प्रथम श्रेणीको कोठामा महिलाको तस्बिर, महँगो फर्नीचर र अन्य सजावटले सजाएको थियो । यसको साथै Parisien Café  र यात्रुहरुको लागि सूर्य उदय देख्ने कोठा र बिहान उठ्ने बेलामा मीठो भोजनको व्यवस्था थियो ।
➤ प्रथम श्रेणीको टिकट 4350$ अमेरीकी डलर थियो जसको मूल्य आजको समयको अमेरीकी डलर 95860$ भन्दा बढी हुन आउँछ ।

तथ्यहरू उत्तर तामाङकाे ब्लगबाट साभार गरिएका हुन्।


 

More form the Internet

loading...