Suvadin, Home

कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाद्वारा भाेलि नेपाल बन्दकाे आह्वान

नेकपाले भोलिको नेपाल बन्द आक्रामक हुने बताएको छ। नेकपाले केपी ओली नेतृत्वको सरकारको दमनविरुद्ध नेपाल बन्द आयोजना गरेको छ। आइतबार राष्ट्रिय युवा जनस्वयंसेबकको तेस्रो राष्ट्रिय सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

काठमाडौं, फागुन ७ – नेपाल कम्युनिस्ट पार्टीले साेमबार साँझ देशभर मसाल जुलुस निकाल्ने तयारी गरेको छ। भोलि मंगलबार नेपाल बन्दको आह्वान पनि गरेको जनाएकाे छ। भोलिको बन्दमा साथ र सहयोग गर्न आम जनसमुदायलाई अपिल गर्दै देशभर मसाल जुलुस निकाल्ने तयारी गरेको हो।

नेकपाले भोलीको नेपाल बन्द आक्रामक हुने बताएको छ। नेकपाले केपी ओली नेतृत्वको सरकारको दमनविरुद्ध नेपाल बन्द आयोजना गरेको छ। आइतबार राष्ट्रिय युवा जनस्वयंसेबकको तेस्रो राष्ट्रिय सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पोलिट्ब्युरो सदस्य पदम राईसहित २ सय नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाले मंगलबार नेपाल बन्द आह्वान गरेको  जनाएकाे छ।


 

More form the Internet

loading...