Suvadin, Home

Cover Image

निगमको विराटनगर–फाप्लु उडान तालिका रद्द

जिल्लाभरि ६ विमानस्थल रहेको सोलुको फाप्लु विमानस्थलमा विराटनगरबाट हुने उडान तालिका निगमले रद्द गरेको हो।

काठमाडाैं, २१ पुस – नेपाल वायुसेवा निगमले सबैभन्दा धेरै विमानस्थल रहेको सोलुको एक विमानस्थलमा आफ्नो उडान तालिका ६ महिनाका लागि रद्द गरेको छ। 

जिल्लाभरि ६ विमानस्थल रहेको सोलुको फाप्लु विमानस्थलमा विराटनगरबाट हुने उडान तालिका निगमले रद्द गरेको हो।

फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ।

गत ९ कार्तिकदेखि हप्ताको एक दिन शुक्रबार विराटनगर–फाप्लु उडान हुने गरेको थियो।

विमानले उडान भर्न तयार भए पनि यात्रु नपाएको भन्दै तालिका रद्द गरेको निगमको फाप्लुका इन्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिए।

निगमले यही २४ पुसदेखि लागू हुने गरी उडान तालिका रद्द गर्ने जनाएको छ।
 


 

More form the Internet

loading...