Suvadin, Home
Nepal life 2.601M

विश्वविद्यालयको स्वागत कार्यक्रममा विद्यार्थी नेता आक्रोशित

कार्यक्रमका प्रमुख अतिथि एंव व्यवस्थापन संकायका डीन पद्मकान्त जोशीले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विश्वविद्यालयको सुधारको लागी सम्बन्धित सबै निकाय जिम्मेवार हुन निर्देशित गरे। उनले विश्वविद्यालयमा उचित पठनपाठनको व्यवस्था हुनेमा नवआगन्तुक विद्यार्थीलाई विश्वास समेत दिलाए। 

महेन्द्रनगर, १९ मंसिर – सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद शाखाको आयोजना बुधबार कार्यक्रम गर्दै नयाँ भर्ना भएका विद्यार्थीको स्वागत गरिएको हो। 

केन्द्रीय क्याम्पसमा नयाँ भर्ना भएका करिब आठ सय विद्यार्थीलाई स्वागत गरिएको केन्द्रीय क्याम्पसका सहायक प्रशासक मान बहादुर शाहले बताए। उनका अनुसार विश्वविद्यालय व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र, ईन्जिनियरीङ र विज्ञान तथा प्रविधि संकायका नवआगन्तुक विद्यार्थीका स्वागत गरिएको हो। 

कार्यक्रमका प्रमुख अतिथि एंव व्यवस्थापन संकायका डीन पद्मकान्त जोशीले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विश्वविद्यालयको सुधारको लागी सम्बन्धित सबै निकाय जिम्मेवार हुन निर्देशित गरे। उनले विश्वविद्यालयमा उचित पठनपाठनको व्यवस्था हुनेमा नवआगन्तुक विद्यार्थीलाई विश्वास समेत दिलाए। 

साथै स्वागत कार्यक्रममा गत वर्ष विभिन्न व्यक्तिगत तथा सामुहिक गरि २८ स्पर्धामा गरिएको खेलकुद सप्ताहका पदकधारी विद्यार्थीलाई पुरुस्कार वितरण समेत गरेको सहायक प्रशासक शाहले जानकारी दिए।

 विद्यार्थी नेता आक्रोशित 

नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रममा बोल्ने अधिकाशं विद्यार्थी नेताहरु आक्रोशित देखिएको थिए। स्वागत कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यार्थीहरु विश्वविद्याललमा भईरहेका पछिल्ला गतिविधिलाई लिएर आक्रोशित बनेको हुन्। 

स्वागत तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दैँ नेवि संघका नागेश प्रशाद पन्तले विश्वविद्यालयका सबै पदाधिकारी जिम्मेवार हुन अावश्यक रहेको बताए। उनले प्राध्यापक, कर्मचारीले आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृक्ति हावि हुदैँ गएकाले त्यसकोतर्फ सबै सजक हुन समेत आग्रह गरे।

राजनितिक भागबन्डाका नाममा विश्वविद्यालयको बदनाम गर्ने काम जिम्मेवार पदाधिकारीबाट भईरहेको प्रति नेवि संघको ध्यानार्कष भएको बताउँदैँ विद्यार्थी नेता पन्तले विद्यार्थीको हक हितका लागी संधै विद्यार्थीको साथमा छु, विश्वविद्यालयको सुधारका लागी पार्टी र व्यक्तिगत राजनितिबाट टाढा बसौँ, सबै एकजुट भएर लागौँ भनेका छन्।

त्यस्तै अनेस्ववियुका सत्यम जोशीले पनि विद्यालयमा हुने गरेका करार नियुक्ति लगायतका विषयमा आफुहरुको गम्भीर ध्यानार्कषण भएको बताए। उनले हजारौँ विद्यार्थीको भविष्य जोडीएको शैक्षिक क्षेत्र सुधारका लागी सबै जिम्मेवार हुनु पर्ने औल्याए। 

स्वागत कार्यक्रम बोल्दै अनेरास्ववियु क्रान्तिकारीका गणेश मिश्र निकै आक्रोशित देखिए। उनले विश्वविद्यालयको हरेक गतिविधि मनमानी र पदको दुरुपयोग भईरहेको प्रति आपत्ति जनाए। उनले विश्वविद्यालयका कर्मचारीतन्त्र तथा प्राध्यापक सबै जिम्मेवार निकायमा चरम बेथिति रहेका उल्लेख गर्दै उक्त प्रवृत्ति सुधारका लागी सचेत हुन र नभए कडा कारवाहीको भोगीदार हुन समेत मिश्रले चेतावनि समेत दिए। कार्यक्रममा अन्य राजनितिक दलका भातृ विद्यार्थी संगठनका प्रतिनिधिहरुले पनि आफ्नो धारणा राखेको थिए। 

विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख हरि सिंह सामन्तको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संकायका विभागीय प्रमुख, प्राध्यापक, कर्मचारी र विद्यार्थीको उल्लेख्य सहभागीता रहेको थियो।


 

More form the Internet

loading...