Suvadin, Home

चियाखेतीतर्फ किसानको आकर्षण

कृषि विज्ञहरुले जिल्लाको एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइसम्ममा चियाखेती गर्न सकिने बताएपछि किसान सामूहिकरुपमा चियाखेतीतर्फ अग्रसर भएका हुन् । आफ्नै ठाउँमा चियाखेती गर्न थालेको बागलुङ नगरपालिका–८ का खिमबहादुर खड्काले भन्नुभयो । उनले तीन हजार चियाका बिरुवा लगाउका हुन्।
फाइल तस्वीर

बागलुङ, ५ असोज–  जिल्लामा पहिलोपटक चियाखेती शुरु गरिएको छ । जिल्लाका किसानले बाँझो जग्गामा चियाखेती शुरु गरेका हुन् । 

कृषि विज्ञहरुले जिल्लाको एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइसम्ममा चियाखेती गर्न सकिने बताएपछि किसान सामूहिकरुपमा चियाखेतीतर्फ अग्रसर भएका हुन् । आफ्नै ठाउँमा चियाखेती गर्न थालेको बागलुङ नगरपालिका–८ का खिमबहादुर खड्काले भन्नुभयो । उनले तीन हजार चियाका बिरुवा लगाउका हुन्।

चियाखेती विस्तारका लागि बागलुङ नगरपालिकाले अध्ययन, अनुसन्धान गर्नुका साथै अनुदान उपलब्ध गराउन थालेपछि किसान सामू्हिक चियाखेतीतर्फ आकर्षित भएका हुन् । “चिया प्रशोधन उद्योग स्थापना गर्ने तथा निकासी गर्ने योजना बनाएका छौँ,” नगरपालिकाका आर्थिक विकास समिति संयोजक जीवन आचार्यले भने । नगरपालिकाले कृषि विज्ञसहितको टोली बनाएर वडा नं ८ को सिगाना, ९ को तित्याङ तथा वडा नं १० को भकुण्डेमा चियाखेतीको सम्भाव्यताबारे अध्ययन गरेका थिए। अध्ययन टोलीले चिया उत्पादन गर्न सकिने निष्कर्ष निकालेपछि सोहीअनुसार योजना बनाएर चियाखेती थालेको आचार्यले बताए । 

सिगानाको तल्लो भेगमा सुन्तलाखेती र माथिल्लो भेगमा चियाखेती गर्ने वडाको योजना रहेको वडा नं ८ का वडाध्यक्ष राजन जिसीले बताए । तल्लो भेगमा १० हजार सुन्तलाका बिरुवा तथा माथिल्लो भेगमा नौ हजार ५०० चियाका बिरुवा रोपिएकाे उनले जानकारी दिए। चियाखेती विस्तार गर्न नगरपालिकाले शत प्रतिशत ढुवानी तथा बिरुवामा ५० प्रतिशत अनुदान उपलब्ध गराए । नगरपालिकाका प्रमुख जनकराज पौडेल हरेक वडाका किसानलाई कृषि क्षेत्रमा अत्मनिर्भर बनाउन योजना बनाएको बताए।


 

More form the Internet

loading...