Suvadin, Home

दमकमा ११औं गणतन्त्र दिवसको अवसरमा मजदुरको सचेतना कार्यक्रम सम्पन्न

संघका अध्यक्ष गौतमकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा दमक ईलाका ट्राफिकको सहकार्यमा सडकमा यात्रु बहाक सवारी लगायत पैदलयात्री, निजी सवारी चालकहरुलाई सचेत गराईएको थियो। निलम बरुवालको संयोजकत्वमा रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य सुरेश सुब्बा, विशिष्ट अतिथि ने नेपाली कांग्रेस महासमिति सदस्य सेरबहादुर भट्टराई, रहेका थिए।
तस्वीर साैजन्य: सुरेश सुब्बा।

उत्तम रिजाल,झापा १६ जेठ – झापाको दमक स्थित डाँफे मुनाल चोकमा बुधबार ११ औ गणतन्त्र दिवसको अबसरमा नेपाल यातायात मजदुर संघ हलुका सवारीले ट्राफिक सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ।

संघका अध्यक्ष गौतम कुमारलामाको अध्यक्षतामा भएको कार्यक्रममा दमक ईलाका ट्राफिकको सहकार्यमा सडकमा यात्रु बहाक सवारी लगायत पैदलयात्री, निजी सवारी चालकहरुलाई सचेत गराईएको थियो।

निलम बरुवालको संयोजकत्वमा रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य सुरेश सुब्बा, विशिष्ट अतिथि ने नेपाली कांग्रेस महासमिति सदस्य सेरबहादुर भट्टराई, रहेका थिए।

अतिथिहरुमा महिला संघ नगर सभापति मन्दिरा पौडेल, एशियन लाइफ इन्स्योरेन्स दमक शाखा प्रमुख शान्तिराम निरौला, नेपाल यातायात मजदुर संघ जिल्ला उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, नेपाल यातायात मजदुर संघ प्रदेश नम्बर–१ सह–सचिव गान्धी प्रसाद भन्डारी प्रदेश सदस्य ड्राबिन संगौला रहेका थिए।

त्यस्तै, यातायात व्यवसायी गंगा सिटौला, पाथवे नेपाल अध्यक्ष निरु चौधरी, जीवन चक्र समाज नेपालका कोषाध्क्षय भवानी पान्डे (हरि), इलाका ट्राफिक प्रहरी कार्यलय प्रमुख बिनोद कुमार खतिवडा लगायतको उपस्थिती रहेको संघका कोसाध्यक्ष प्रेम श्रेष्ठले जनएका छन्। कार्यक्रम संघका सचिव गणेश प्रसाद गौतमले संचलान गरेका थिए।


 

More form the Internet

loading...