Suvadin, Home

नेपाल चिनाउन अमेरिकामा महोत्सव

नेपाल चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुने भएको छ। भिन्तुना इन्टरनेसनलको आयोजनामा वैशाख ३ (अप्रिल १६) मा वासिंङटन डिसी र वैशाख १६ (अप्रिल २९) मा बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुन लागेको हो। आयोजक संस्थाका अनुसार अप्रिल १६ को कार्यक्रम जर्ज वासिङटन विश्वविद्यालय क्याम्पसमा सञ्चालन गरिने छ। 

काठमाडौं, चैत ३०– नेपाल चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुने भएको छ।

भिन्तुना इन्टरनेसनलको आयोजनामा वैशाख ३ (अप्रिल १६) मा वासिंङटन डिसी र वैशाख १६ (अप्रिल २९) मा बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुन लागेको हो। आयोजक संस्थाका अनुसार अप्रिल १६ को कार्यक्रम जर्ज वासिङटन विश्वविद्यालय क्याम्पसमा सञ्चालन गरिने छ। 

महोत्सवमा नेपाली संगीत, कला संस्कृति, पर्यटकीय गतिविधि, हस्तकला, भेसभूषा, विविध सांस्कृतिक कार्यक्रम, नेपाली खानाको परिकार तथा नेपाल चिनाउने विभिन्न कक्ष रहने छन्। यसका साथै नेपाली चित्रकला प्रदर्शन, योग तथा ध्यान सत्र पनि रहने छ। 

चित्रकला प्रदर्शनीमा नेपाली कलाकारहरु किरण मानन्धर, राजेन्द्र केसी, एरिना ताम्राकार, आशा डंगोल, सागर मानन्धर, रविता केसी, दिभा प्रधान, सम्झना राजभण्डारी, चन्द्र श्रेष्ठ तथा कृष्णगोपाल रञ्जितलगायतको सहभागिता रहने आयोजकले जनाएका छन्। 

भिन्तुना इन्टरनेसनलले सन् २०१३ मा पनि वासिङटन डिसी मै ग्लोबल नेपाल फेस्टको आयोजना गरेको थियो । सो कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बस्ने नेपाली तथा विदेशीको उल्लेख सहभागिता रहने र कार्यक्रमले विदेशीलाई नेपालको चिनारी दिन सफल हुने अपेक्षा गरिएको वासिङटन डिसीबाट दीपक शर्माले बताए। रासस 


 

More form the Internet

loading...