Suvadin, Home

Cover Image

तनहँमा बस र ट्रकमा आगजनी
चालकलाई ट्रकमै राखेर अागजनी

फाइल फाेटाे।

तनहु, वैशाख ३०–तनहँमा शुक्रबार राति  बस र ट्रकमा आगजनी भएकाे छ।

 रिसिङ र बेलभन्ज्याङमा  अपरिचित समूहले बस र ट्रकमा अागजनी गरेकाे प्रहरीले जनाएकाे छ।

 रिसिङ –६ चालिसेमा पार्किङ गरिराखिएको ना ६ ख ३५२५ नम्बरको बसमा अागजनी भएकाे प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए। चालक र सहचालकलाई खुकुरी देखाई बाहिर निकालेर आगो लगाएको र त्यसको तीव्र खोजी भइरहेको उनले बताए।

 शुक्रबार राति नै  बन्दीपुर गाउँपालिका– १ स्थित बेलभन्ज्याङमा ना ३ ख ९११६ नम्बरको ट्रकमा आगजनी गरेको छ। चालकलाई ट्रकमै राखेर उनीहरुले आगो लगाए पनि सिसा फोडेर उनी बाहिर निस्केको घटनास्थल पुग्नुभएका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए । 

शनिबार बिहान ५.१५ बजेतिर उक्त समूहले पेट्रोल छर्केर ट्रकमा आगजनी गरेको प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए।  


 

More form the Internet

loading...