Suvadin, Home

वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी, तीन घर जले

ग्यास स्टोरमा आगो लागेकोले ९ वटा ग्यास सिलिन्डर पड्किसकेका छन्। ग्यास पड्केर एक जना घाइते भएका छन्। बिहीबार दिउँसो भएको आगलागीबाट तीन घर जलेका छन्।

काठमाडौं, २३ फागुन – काठमाडौंको वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी भएको छ। ग्यास स्टोरमा आगो लागेकोले ९ वटा ग्यास सिलिन्डर पड्किसकेका छन्।

ग्यास पड्केर एक जना घाइते भएका छन्। बिहीबार दिउँसो भएको आगलागीबाट तीन घर जलेका छन्।

आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले प्रयास गरिरहेको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी बासुदेव खत्रीले जानकारी दिए।

घटनाको थप विवरण आउन बाँकी नै छ।


 

More form the Internet

loading...