Suvadin, Home
Bridge Water

आगलागीबाट पन्ध्र लाखको क्षति

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बकसमणि राईको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
प्रतिकात्मक तस्वीर

खोटाङ, फागुन २९ – खोटाङमा  भान्छा कोठाबाट सल्किएको आगोले घर जल्दा रु पन्ध्र लाखको क्षति भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका बकसमणि राईको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

घरमा कोही नभएको समयमा सोमबार राति आगलागी हुँदा तीन तले घर तथा घरमा राखिएको नगद रु ५० हजार, बिक्री गर्न राखिएको ६ मन अलैँंची, अन्नपात, लत्ताकपडा, भाँडाकुडा र काठपात जलेर नष्ट भएको स्थानीयवासी हर्कराज राईले जानकारी दिएका छन्।

स्थानीयवासीले करिब तीन घण्टापछि आगो निभाएका थिए। अहिले राई परिवारको बिचल्ली भएको छ।