Suvadin, Home
Nepal life 1.218M

आगलागीबाट २० लाखभन्दा बढीको क्षति

त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन्। स्थानीय हरि परियारको गोठबाट सल्केको आगोले हरि परियार, रमेश परियार र नन्दबहादुर पुनको घर जलेर नष्ट भएको प्रहरीले बताएको छ।

रोल्पा, १ जेठ –  रोल्पाका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ। आगलागीबाट चार परिवार घरवारविहीन हुन पुगेका छन्।

त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन्। स्थानीय हरि परियारको गोठबाट सल्केको आगोले हरि परियार, रमेश परियार र नन्दबहादुर पुनको घर जलेर नष्ट भएको प्रहरीले बताएको छ।

त्यस आगलागीबाट रु १० लाख बढीको क्षति भएको बताइएको छ। प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको प्रहरीले बताएको छ।

उता रोल्पा नगरपालिका–७ माडीचौरमा समेत एक घर आगलागी हुँदा रु १० लाख बढीको क्षति भएको थियो। स्थानीय वर्मता पुनको कच्ची घरमा भएको आगलागीबाट अन्न, लत्ताकपडा, काठपातसमेतको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको बताइएको छ।

फुसले छाएका घरको संख्या अधिक रहेकाले रोल्पामा हरेक वर्ष आगलागीका घटना हुँदै घरबारविहिन हुने क्रम बढेको छ।


 

More form the Internet

loading...