Suvadin, Home
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइ रहेको छ।

बुटवल, चैत २५ – बुटवल उपमहानगरपालिका वडानम्बर–८ स्थित भाटभटेनी सुपरमार्केटमा अाइतबार बिहान ४ बजेदेखि आगलागी भएको छ। 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइ रहेको छ। 

भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको हो। आगलागी विद्युत् (सर्ट)चुहिएर भएको बताइएको छ तर यकिन भएको छैन। उक्त सुपरमार्केट गत वर्षदेखि रु ९५ करोडको लागतमा सम्पन्न गरी शुरु गरिएको थियो।


 

More form the Internet

loading...