Suvadin, Home

आगलागीबाट ५ घरमा क्षति

स्थानीय गुलाब साहको ग्वाली गाई गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

राजविराज, १२ वैशाख – सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा रु १० लाखको क्षति भएको छ।

स्थानीय गुलाब साहको ग्वाली गाई गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

त्यस आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी रु १० लाखको क्षति भएको प्रहरीले जनाएको छ। आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थिए। 


 

More form the Internet

loading...