Suvadin, Home

काठमाडाैंको ठमेलमा अागलागी, २ वटा घरमा ठुलो क्षती 

ठुलो धनको क्षति भए पनि मानविक क्षति भने केहि पनि नभएको प्रहरिले जनाएको छ। ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई गाह्रो पर्दा स्थानीयबासी त्रसित बनेका थिए।
फाइल तस्वीर

काठमाडौं, २६ भदौ – मंगलबार बिहान काठमाडाैंको ठमेलस्थित ज्याठामा भीषण आगलागी भएको छ। अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि स्थानीय सुनीलमान स्थापितको घरबाट  बिहान साढे ४ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो।

अागो स्थापितको पहिलो तलाबाट शुरु भएको थियो। अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले जनाएको छ। ठुलो धनको क्षति भए पनि मानविक क्षति भने केहि पनि नभएको प्रहरिले जनाएको छ। ग्यास सिलिन्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नी नियन्त्रकलाई गाह्रो पर्दा स्थानीयबासी त्रसित बनेका थिए।

आगो नियन्त्रणको प्रयास समयमै सफल हुन नसक्दा सँगै जोडिएका गाैतम तुलाधर र अजयरत्न स्थापितकाे घरमा पनि अागाेले क्षति पुर्याएकाे छ।

आगोलागीका कारण १० करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। 


 

More form the Internet

loading...