Suvadin, Home
चिसो मौसमका कारण स्थानीय घुम्ती बसाइँका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको जानकारी गराए। नेपाली सेना र आरक्षका कर्मचारीको टोलीले गाउँनै आगो लाग्नबाट बचाएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए।
सांकेतिक तस्विर

गलकोट, ९ मङ्सिर–  बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँमा आज बिहान २ बजे आगलागी हुँदा ३० घर पूर्ण रूपमा जलेर नष्ट भएकाे छ। 

नवीगाउँमा लागेको आगो बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी इन्द्र शाहीले बताए। नेपाली सेनाको हुनमानध्वज गुल्मका गुल्मपती सेनानी रविराम खड्काको नेतृत्वमा सेना र ढोरपाटन शिकार आरक्षका कर्मचारीको टोलीले बिहान मात्रै आगो नियन्त्रणमा लिएकाे जानकारी दिए।

चिसो मौसमका कारण स्थानीय घुम्ती बसाइँका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको जानकारी गराए। नेपाली सेना र आरक्षका कर्मचारीको टोलीले गाउँनै आगो लाग्नबाट बचाएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए। स्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने उनले जनाए। जिल्ला प्रहरी कार्यालयका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेकाे जानकारी गराए। 


 

More form the Internet

loading...