Suvadin, Home

Cover Image

अज्ञात समूहको धम्कीपछि तीन वटा एक्साभेटरमा आगजनी

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा बिहीबार बिहान तीन वटा एक्साभेटरमा आगजनी भएको छ। जिसी क्रसर उद्योग तथा बिएन कन्ट्रक्सनको एक्साभेटरमा आगजनी भएको हो।

क्रसर उद्योग परिसरमा रहेका एक्साभेटरमा राति साढे दुई बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए। उनले रातिनै घटनास्थल पुगेर आगो निभाइएको बताए ।

आगोलागीबाट तीन वटै एक्साभेटरका इञ्जिन लगायतका उपकरण जलेको छ। 

आगोलागीको के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मरासिनीले बताए। उद्योगका सञ्चालक नारायण जिसी निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा तत्कालीन युवा संघ नेपालका केन्द्रीय सदस्य हुन्। 

यसअघि पनि उक्त उद्योगको टिप्पर र एक्साभेटरमा आगलागी भएको थियो। पटक-पटक अज्ञात व्यक्तिले फोनमा धम्की दिने गरेको सञ्चालक जिसीले बताए। 


 

More form the Internet

loading...