Suvadin, Home

बन्दकर्ताद्वारा मकवानपुर र नुवाकोटमा २ वटा गाडीमा अागजनी, एउटामा तोडफोड

उक्त बस वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै थियो। पहेंलो रंगको भएकाले सो बस कुनै स्कुल वा कलेजको हुनसक्ने अनुमान गरिएको छ। आगजनीबाट बस क्षतिग्रस्त भएको छ। मकवानपुरका बजार बिहानैदेखि बन्द छन्।
फाइल तस्वीर।

काठमाडौं, २९ साउन – मकवानपुर र नुवाकोटमा बन्दकर्ताले २ वटा गाडीमा आगजनी गरेका छन्। मकवानपुरमा रित्तो बस र नुवाकोटमा बालुवा बोकेका ट्रिपरमा आगजनी तथा तोडफोड भएको हो।

मकवानपुरको थाहा नगरपालिका–११ देउरालीमा नम्बर प्लेट नराखेको पहेंलो रंगको बसमा बिहान ६ः४५ बजे आगजनी भएको प्रहरीले जनाएको छ।

उक्त बस वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै थियो। पहेंलो रंगको भएकाले सो बस कुनै स्कुल वा कलेजको हुनसक्ने अनुमान गरिएको छ। आगजनीबाट बस क्षतिग्रस्त भएको छ।

मकवानपुरका बजार बिहानैदेखि बन्द छन्।

यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिका ८ काफल डाँडामा बा ४ ख ८५१६ नम्बरको मिनी ट्रकमा आगजनी भएको छ। उक्त ट्रकको इन्जिनमा धेरै क्षति भएको छ। यसैगरी बा ५ ख २१३० र बा ५ ख २१३२ नम्बरको मिनी ट्रकमा तोडफोड भएको छ।

नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुँवरले भने सवारीका लागि स्कर्टिङको व्यवस्था गरिएकाले ढुक्क भएर यात्रा गर्न आग्रह गरेका छन्।
 


 

More form the Internet

loading...