Suvadin, Home
Citizen Bank 421.6k

Cover Image

मध्यरातमा ट्रकमा आगजनी 

पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
file-photo

हेटौंडा,३० फागुन- मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा ट्रकमाथि अज्ञात समूहले आगजनी गरेको छ। राती करिव १ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमाथि अज्ञात समूहले आगजनी गरेको हो।

पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

ट्रकमा चालक,सहचालकसहित ३ जना सवार थिए। सो समूहले ३ जनालाई ट्रकबाट ओरालेर आगो लगाई फरार भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ। विप्लव नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्दको आह्वान गरेको कारण उनीहरुले नै त्रास सिर्जना गराउन आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ।


 

More form the Internet

loading...