Suvadin, Home

नदीमा मानवीय चाप घटाउन माछापालन

राप्ती र नारायणी नदीमा माछा मार्ने क्रम घटाइ स्थानीयवासीलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत निकुञ्जको मध्यवर्ती क्षेत्रको चितवन र नवलपरासीका विभिन्न स्थानमा माछापालन कार्यक्रम शुरु गरिएको हिमालयन नेचरका परियोजना प्रमुख प्रवीन श्रेष्ठले जानकारी दिएका छन्।

चितवन, फागुन  २५ – राप्ती र नारायणी नदीमा मानवीय चाप घटाउन चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा माछापालन कार्यक्रम शुरु भएको छ। 

‘जिओलोजिकल सोसाइटी अफ लण्डन’को आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष र हिमालयन नेचरको सहकार्यमा कार्यक्रम शुरु भएको हो।

राप्ती र नारायणी नदीमा माछा मार्ने क्रम घटाइ स्थानीयवासीलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत निकुञ्जको मध्यवर्ती क्षेत्रको चितवन र नवलपरासीका विभिन्न स्थानमा माछापालन कार्यक्रम शुरु गरिएको हिमालयन नेचरका परियोजना प्रमुख प्रवीन श्रेष्ठले जानकारी दिएका छन्। 

चितवनको जगतपुरस्थित केरुङग मध्यवर्ती क्षेत्रको दुईवटा ठाउँ तथा नवलपुरको पिठ्याैली र देवचुलीको तीनवटा ठाउँमा माछापोखरी निर्माण गरी स्थानीयवासी विपन्न समुदायलाई सहभागी गराउन थालिएको हो। यस क्षेत्रमा बोटे, माझी र मुसहर समुदायलाई केन्द्रित गरेर माछापालन कार्यक्रम शुरु गरिएको हो। 

चारवर्षे कार्यक्रमअन्तर्गत पहिलोचरणमा पाँच पोखरीका लागि सहयोग गरिएको र पछि अन्य क्षेत्रमा पनि पोखरी निर्माण गरी माछापालन कार्यक्रम सञचालन गरिनेछ। विशेष गरी नदी छेउमा बस्ने स्थानीयवासी माछा मार्न नदीमा जान्छन्। उक्त क्रममा जाल अड्किएर गोही मर्ने र नदीमा माछासमेत घट्ने हुँदा वन्यजन्तु, चरा र जलचरलाई असर गर्ने भएकाले उक्त कार्यक्रम शुरु भएको हो। 

चारवर्षे कार्यक्रमअन्तर्गत स्थानीयवासीलाई स्वरोजगार बनाइ नदीमा आश्रय कम गर्नु यसको मुख्य उद्देश्य रहेको श्रेष्ठले बताएका छन्। पछिल्लो समयमा चितवन र नवलपरासीमा बोटे, माझी र मुसहर समुदायलाई सहभागी गराएर संरक्षण कार्य अघि बढाइएको छ। उनीहरुलगायत चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका सदस्य सम्मिलित ‘घडियाल गार्ड ग्रुम’ गठन गरी संरक्षण अभियान थालिएको निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिएका छन्। 

उक्त समूहलाई जिपिएस् र क्यामरासमेत दिएर घडियालको नियमित अनुगमनका लागि परिचालन गरिएको छ। पछिल्लो समयमा प्राकृतिक वासस्थामा घडियाल गोही लोप हुँदै गएको छ।

 


 

More form the Internet

loading...