Suvadin, Home

बाढीपीडित बालबालिका अझै भोकैनाङ्गै

 मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका अझै नाङ्गै हिँड्न बाध्य भएका छन्। गत वर्षको साउन १० गते मोरङको बक्राहा खोलामा आएको बाढीले बाँध भत्काएर गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा र सबै घर बगाएको थियो।
माेरङ जिल्लाकाे नक्सा।

मोरङ, असार ३०- मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका अझै नाङ्गै हिँड्न बाध्य भएका छन्। गत वर्षको साउन १० गते मोरङको बक्राहा खोलामा आएको बाढीले बाँध भत्काएर गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा र सबै घर बगाएको थियो।

त्यसपछि विस्थापित भएका मोरङको डाइनिया–३ र ८ का १५० घरपरिवारका करिब २०० बालबालिकाको शरीरमा आङ छोप्ने लुगा नहँुदा नाङ्गै हिँड्न बाध्य भएका हुन्। 

डाइनिया गोविन्दपुर सडकखण्डको छेउको मुस्लिम बस्तीका बालबालिकालाई नाङ्गै हिँड्नु परेको उनीहरुका अभिभावक अस्गर अलीको भनाइ छ। 

ओढ्ने–ओछ्याउने नहुँदा बालबालिका निद्रा नलागेर रातभरि जाग्राम बस्ने गरेको पीडित उर्मिलादेवी राजवंशीको भनाइ छ। बाढीबाट विस्थापित गरेकै दिनदेखि वृद्धवृद्धा र बालबालिकालाई निक्कै समस्या भइरहेको पीडितको भनाइ छ। सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा सो क्षेत्रमै बसोबास गर्दै आएका छन्। रासस


 

More form the Internet

loading...