Suvadin, Home

Cover Image

फेरि उर्लियो धोबीखोला, खोला किनारका बासिन्दा त्रासमा (हेनुहोस् भिडियो)

लगातारको वर्षाका कारण धोबीखोलामा पानीको बहाव बढेपछि स्थानीयबासी त्रासमा परेका छन्। बुधबार साँझ पनि धोबीखोलाको पानी वस्तीतिर पसेको थियो। ‘दिउसो भए त घरका सामग्री जोगाउन कुनै समस्या हुने थिएन’, अनामनगरकी प्रेमा रिजालले शुभदिनसँग भनिन् – ‘बेलुका पानी पर्न थालेपछि त साह्रै तनाव हुन्छ।’
धोबीखोलाको बाढी।

काठमाडौं, २१ भदौ – लगातारको वर्षाका कारण धोबीखोलामा पानीको बहाव बढेपछि स्थानीयबासी त्रासमा परेका छन्। बुधबार साँझ पनि धोबीखोलाको पानी वस्तीतिर पसेको थियो।

सोही नियति दोहोरिएला भन्ने त्रासमा स्थानीयबासी परेका हुन्। वर्षा भइरहेको र साँझ पर्न लागेकाले पनि स्थानीय तनावमा परेका हुन्। ‘दिउसो भए त घरका सामग्री जोगाउन कुनै समस्या हुने थिएन’, अनामनगरकी प्रेमा रिजालले शुभदिनसँग भनिन् – ‘बेलुका पानी पर्न थालेपछि त साह्रै तनाव हुन्छ।’

यसैबीच, राजधानीका नख्खु, मनोहरा, बागमती, धोबीखोला र बिष्णुमती नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका होचा क्षेत्रमा डुबान हुन सक्ने भएकाले सर्तक रहन जल तथा मौसम विभागले अनुरोध गरेको छ।

यसअघि साउन २९ गते रातभर परेको पानीका कारण धोबीखोलाको बहाव बढेर आएपछि काठमाडौंको अनामनगर र बिजुलीबजार क्षेत्रका सयौं घरपरिवार प्रभावित भएका थिए। डुबानका कारण स्थानीयले लाखौं आर्थिक नोक्सानी व्यहोरेको थिए।

खोलाको आसपासका कयौं घर घर, व्यापारीक प्रतिष्ठान तथा स्कूल–कलेज, सञ्चारमाध्यमका कार्यालयहरु डुबेका थिए। बाढीसँगै आएको फोहोर र माटो ३–४ फिटसम्म  जमेको थियो।

मध्यरातपछि खोलाको बहाव बढेर घरभित्र पसेरपछि स्थानीयबासीले सुत्न पाएका थिएनन्। मदन भण्डारी मेमोरियल कलेज तथा युनियन हाउस आसपासको क्षेत्रको पुरै ढुबानमा परेको थियो। 

 


 

More form the Internet

loading...