Suvadin, Home

पोखरेलको अध्यक्षतामा विधान मस्यौदा समिति गठन

महासंघद्वारा आज जारी विज्ञप्तिमा सम्मेलनले आगामी फागुन ९ र १० गते कास्कीको पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरेको जनाइएको छ।

काठमाडौं, ९ पुुस – नेपाल पत्रकार महासंघले उपाध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा विधान मस्यौदा समिति गठन गरेको छ।

हालै धनकुटामा सम्पन्न प्रदेश अध्यक्ष/महासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान दिएको निर्देशनसहितको मार्गनिर्देशनलाई पूरा गर्न सो समिति गठन गरिएको हो।

महासंघद्वारा आज जारी विज्ञप्तिमा सम्मेलनले आगामी फागुन ९ र १० गते कास्कीको पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन आयोजना गर्ने निर्णय गरेको जनाइएको छ।

सो अधिवेशन आयोजना गर्न महासङ्घका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्ष रहेको मूल आयोजक समिति गठन गरेको विज्ञप्तिमा जनाइएको छ।

साथै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र समानुपातिक विज्ञान नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षणसमेत महासंघले विज्ञप्तिमार्फत गराएको छ। 


 

More form the Internet

loading...