Suvadin, Home

अपडेट
त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो, तीन जना एकै परिवारका

सांकेतिक तस्बिर


काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।  मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन् । उनीहरू एकै परिवारका रहेको प्रहरीले बताएको छ । 

उक्त दुर्घटनामा १६ जनाको सकुशल उद्दार गरिएको छ भने २० जनाभन्दा बढी अझैं बेपत्ता छन् ।

सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३:३० बजेको समयमा त्रिशुली नदीमा खसेको थियो। जसमा हालसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले घटनास्थलबाट जानकारी दिए।

 नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् ।  अप्ठ्यारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरी उपरीक्षक बैदवारले बताए।

चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ। बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि  कति यात्रु थिए भन्ने यकिन भने भइनसकेको प्रहरीको भनाई छ ।


 

More form the Internet

loading...