Suvadin, Home

भूकम्प पीडितका लागी निःशुल्क नक्सा पास गरिने

प्राधिकरणद्वारा आयोजित जिल्लाको सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा भुसालले जनप्रतिनिधिको नेतृत्वमा भूकम्प पीडितका घर बनाउने काम अघि बढाएको र स्थानीय तहमा प्राविधिक पठाएको बताएका हुन्।

पाल्पा, २३ पुस – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताएका छन्। 

उनले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा र काठ सहजरुपमा उपलब्ध गराउने जानकारी दिएका छन्। 

प्राधिकरणद्वारा आयोजित जिल्लाको सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा भुसालले जनप्रतिनिधिको नेतृत्वमा भूकम्प पीडितका घर बनाउने काम अघि बढाएको र स्थानीय तहमा प्राविधिक पठाएको बताएका हुन्।

स्थानीय तहमा आएका प्राविधिकलाई जनप्रतिनिधिले वडा–वडामा पठाएर काम अघि बढाउन भुसालले अनुरोध गरेका छन्। भूकम्प प्रभावित क्षेत्रमा खटिएका इञ्जिनियरलाई १० दिने तालीम र सहायक इञ्जिनियरलाई दुई दिनको तालीमसमेत दिई स्थानीय तहमा पठाइएको छ।

स्थानीय तहका प्राविधिकलाई पनि भूकम्प प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालीम दिइने उनले बताएका छन्। प्राधिकरणद्वारा भूकम्प प्रतिरोधात्मक घर बनाउन सिकर्मी डकर्मीलाई सात दिनको तालीम प्रदान गर्न लागिएको छ। 

पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भूकम्प पीडित आवास बनाउन झण्झटिलो रहेकाले यसलाई सुधार गरी अघि बढ्नुपर्ने बताएका छन्।

कार्यक्रममा पाल्पाका स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृत, राजनीतिक दल, प्राविधिक, जिल्ला समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीले छिटो छरितो रुपमा भूकम्प पीडितका घर बनाउनुपर्नेमा जोड दिएका थिए।


 

More form the Internet

loading...