Suvadin, Home

पूर्वसांसद गणेश पण्डितको अन्त्येष्टि गरियो

उनको पार्थिव शरीरमा उहाँका छोरा राजकुमार, किशोर र दिनेश पण्डितले दागबत्ती दिएको प्रदेशसभा सदस्य केशव पाण्डेले जानकारी दिए। गत मङ्गलबार हृदयाघातका कारण उहाँको निधन भएको थियो। 

काठमाडौं, २३ फागुन – वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। 

उनको पार्थिव शरीरमा उहाँका छोरा राजकुमार, किशोर र दिनेश पण्डितले दागबत्ती दिएको प्रदेशसभा सदस्य केशव पाण्डेले जानकारी दिए। गत मङ्गलबार हृदयाघातका कारण उहाँको निधन भएको थियो। 

पशुपति आर्यघाटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेता सहभागी थिए। अन्त्येष्टिअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाको पार्टी मुख्यालय धूम्रबाराहीमा राखिएको थियो। 

उनको पार्थिव शरीरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको झण्डा ओढाएका थिए। उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र सुवास नेम्बाङ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलगायत नेता धूम्रबाराही पुगेका थिए। 

नुवाकोट जिल्ला शिखरबेंसी– ६ मा २००३ साउन ३२ गते बुबा सूर्यबहादुर र आमा मानकुमारीबाट जन्मिनुभएका पण्डितले पञ्चायतकालमा जिल्लामा कम्युनिस्ट आन्दोलन विस्तारका लागि भूमिका निर्वाह गरेका थिए।

विसं २०४८ को आमनिर्वाचमा नुवाकोट– २ बाट नेकपा ९एमाले० का तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पण्डित पुष्पलाल प्रतिष्ठानका सदस्य पनि थिए। काठमाडौंको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन्। रासस


 

More form the Internet

loading...