Suvadin, Home

जर्मनीमा मास्कमा लाखौं युरो घोटला

काठमाडौं ।  कोरोना भाइरसको महामारीले आक्रान्त भइरहँदा लाखौं युरोका मास्क घोटला प्रकरणमा जर्मनीले एक जना आइरिस नागरिकमाथि अनुसन्धान सुरु गरेको छ ।

अनलाइन सप्लायर्सबाट एउटा जर्मन कम्पनीले करिव १ करोड ५० लाख युरो वरावरको १ करोड थान मास्क खरिद गर्न लाग्दा यो घोटाला शुरु भएको थियो ।

उक्त घोटलाको अनुसन्धान थालेको प्रहरीले घोटलामा संलग्न भएको ठानिएका एक आइरिस नागरिकको बैंक खातासमेत रोक्का राखेको छ ।

एक जना जर्मन खरिदकर्ताले गल्तीवश एउटा नक्कली डच वेवसाइटमा अनलाइन अर्डर राखेपछि ठगहरुले एक जना आइरिस मध्यस्थकर्ता मार्फत ति खरिदकर्तासंग सम्पर्क राखेका थिए ।

त्यसपछि जर्मन खरिदकर्ताले ति आइरिसको काउन्टी रोस्कोम्मोनस्थित बैंक खातामा एडभान्स स्वरुप १५ लाख युरो जम्मा गरेको तर सामान डेलिभर नभएको बताइएको छ ।

यस घोटाला सम्बन्धमा इन्टरपोल लगायत आयरल्यान्ड , नेदरल्यान्ड र जर्मनीका प्रहरीले अनुसन्धान सुरु गरेका हुन् ।


 

More form the Internet

loading...