Suvadin, Home

नेपाली कामदारको उद्दारका लागि म्यानपावर सञ्चालक यूएईमा

नेपालीसहित भारत, पाकिस्तान, बङ्लादेश , श्रीलंका, फिलिपिन्स लगायतका कामदार अलपत्र परेपछि यहाँ रहेका सम्बन्धित देशका दूतावासले यहाँको श्रम तथा परराष्ट्रमा पत्राचार गरेका थिए।चौबीसै घण्टा क्याम्पको निगरानी स्थानीय प्रशासनले गरेको र कुनै पनि समस्या भए तत्काल सम्पर्क गर्न भनेको पीडित कामदारहरुको भनाइ छ।

यूएई,२९ पुस -यूएईको आबुधाबीमा अलपत्र १ सय ५० जना नेपाली कामदारको उद्दार प्रकृयामा त्यहाँको सरकारले चासो देखाएको छ। अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र १ सय ५० नेपालीसहित ७ सयभन्दा धेरै कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशासनले चासो देखाएको हो।

कम्पनी संचालक जोर्डन नागरिकले यूएई छोडिसकेको र कम्पनी नामसारी प्रकृयामा रहेका बेला अलपत्र परेका कामदारलाई अहिले आबुधाबीको स्थानीय प्रशासनको समन्वयमा यहाँको श्रम मन्त्रालयले खानाको व्यवस्था गरेको छ।

कम्पनीको क्याम्पमा पानी र बिजुलीसमेत काटिएको र खानाको समेत समस्या भएपछि स्थानीय प्रशासनले चासो देखाएर पानी र बिजुलीको व्यवस्थासहित खाना उपलब्ध गराएको कञ्चनपुरका गणेश महराले जानकारी दिए।

नेपालीसहित भारत, पाकिस्तान, बङ्लादेश , श्रीलंका, फिलिपिन्स लगायतका कामदार अलपत्र परेपछि यहाँ रहेका सम्बन्धित देशका दूतावासले यहाँको श्रम तथा परराष्ट्रमा पत्राचार गरेका थिए।चौबीसै घण्टा क्याम्पको निगरानी स्थानीय प्रशासनले गरेको र कुनै पनि समस्या भए तत्काल सम्पर्क गर्न भनेको पीडित कामदारहरुको भनाइ छ।

क्याम्पमा अलपत्र कामदारले पाउनु पर्ने सेवा सुविधाबारे लिखित सूची स्थानीय प्रशासनले बनाएको पीडितहरुले बताएका छन। त्यही सूचीअनुसार कम्पनीको व्यवस्थापन पक्षसँग आइतबार छलफल गरेर उद्दार प्रकृया सुरु गरिने कम्पनीले जनाएको छ ।

कामदार उद्दारका लागि म्यानपावर सञ्चालक समेत यूएईमा
नेपालबाट सोही कम्पनीमा कामदार सप्लाई गर्दै आएको सन हिल्स म्यानपावरका सञ्चालक सूर्य अधिकारी यूएई पुगेका छन। कामदार अलपत्र भएपछि सम्बन्धित म्यानपावरको कामकाज रोक्का गरिदिन भन्दै दूतावासले सरकारलाई पत्राचर गरेको थियो।


 

More form the Internet

loading...