Suvadin, Home

जडीबुटी व्यवसायी अध्यक्षमा अन्सारी निर्वाचित

आइतबार मतदानपछि सम्पन्न भएको मतगणनाअनुसार अन्सारीले ९८ मत ल्याए भने प्रतिष्पर्धी जसगढका पक्षमा ६१ मत परेको थियो। सङ्घको उपाध्यक्षमा युनुस हल्वाई ८५ मतका साथ विजयी भएका छन्। उनका प्रतिष्पर्धी मानबहादुर ओलीले ७३ मत प्राप्त गरेका थियो। 
file-photo

राँझा, ३० पुस- प्रदेश नं ५ का सांसद मोहम्मद याकुव अन्सारी नेपाल जडीबुटी व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित भएका छन्।  अन्सारीले प्रतिष्पर्धी शकीलअहमद जसगढलाई पराजित गर्दै तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

आइतबार मतदानपछि सम्पन्न भएको मतगणनाअनुसार अन्सारीले ९८ मत ल्याए भने प्रतिष्पर्धी जसगढका पक्षमा ६१ मत परेको थियो। सङ्घको उपाध्यक्षमा युनुस हल्वाई ८५ मतका साथ विजयी भएका छन्। उनका प्रतिष्पर्धी मानबहादुर ओलीले ७३ मत प्राप्त गरेका थियो। 

सङ्घको महासचिवमा मोहम्मद रहीस हलवाई, कोषाध्यक्षमा मोहम्मद असलम हलवाई र सदस्यमा मोहम्मद सदाव हल्वाई, हफिजुर रहमान अन्सारी, सन्तोषकुमार बर्मा, अख्तर अलि हल्वाई, मोहम्मद इद्रिस हल्वाई, मोहम्मद समिम हल्वाई र मोहम्मद आजम हल्वाई सर्वसहमत रुपमा निर्वाचित भएका हुन्। रासस 
 


 

More form the Internet

loading...