Suvadin, Home
Nepal life 2.75M

सिङ हेराैं, खसी किनाैं

खसीको जाँच परिक्षण गरेर सिङमा रंग लगाइएको छ। त्यसका लागी घटस्थापनादेखि पशुचिकित्सक परिचालन गरिदैँछ। पशुचिकित्सकहरू खसीबजार पुगेर स्वास्थ्य जाँच गर्नेछन् र स्वास्थ्य खसीमा हरियो र अस्वास्थ्य खसीमा रातो रंग लगाइनेछ।

काठमाडाैं, २४ असोज – दशैंमा खसी किन्दै हुनुहुन्छ भने सिङ अवश्यै हेर्नुहोस्। दशैंका लागि ल्याइएका अधिकांश खसीबोका अस्वस्थ पाइएकाले उनीहरूको स्वास्थ्य जाँच गर्न व्यवस्था मिलाइएको छ।

खसीको जाँच परिक्षण गरेर सिङमा रंग लगाइएको छ। त्यसका लागी घटस्थापनादेखि पशुचिकित्सक परिचालन गरिदैँछ। पशुचिकित्सकहरू खसीबजार पुगेर स्वास्थ्य जाँच गर्नेछन् र स्वास्थ्य खसीमा हरियो र अस्वास्थ्य खसीमा रातो रंग लगाइनेछ।

काठमाडाैंका कलंकी, बल्खु, सतुंगल, बानेश्वर, साँगा,नागँढुगा, टुकुचा र भक्तपुरका विज्ञहरू खटाइनेछ। पशुचिकित्सकहरू बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ३ देखि ५ बजेसम्म अनुगमनमा खटिनेछन्। दशैंका लागि बाहिरी जिल्लाबाट ३५ हजार खसीबाख्रा भित्राइएको छ। भारातबाट पनि उत्तिकै मात्रामा खसीबाख्रा ल्याइएको छ।

खसीको सिङमा लगाइने रंग नमेटिने खालको हुनेछ। चिकित्सकहरूले खसी कन्दा मात्र नभएर पकाउदा पनि उत्तिकै ध्यान दिन अावश्यक रहेको बताएका छन्।


 

More form the Internet

loading...