Suvadin, Home
NMB Bank Ltd 275.9k

एयर अरेबिया बिमानबाट ल्याइएको ३४ किलो सुन एयरपोर्टमा समातियो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं विमानस्थलबाट ठूलो परिमाणमा सुन समातेको छ। विदेशबाट मिलेमतोमा ल्याइएको ३४ किलो सुन ब्युरोको टोलीले बिहीबार एयरपोर्टबाट समातेको हो। 
सुन।

काठमाडौं, पुस २१


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं विमानस्थलबाट ठूलो परिमाणमा सुन समातेको छ। मिलेमतोमा विदेशबाट ल्याइएको अन्दाजी ३४ किलो सुन ब्युरोको टोलीले बिहीबार एयरपोर्टबाट समातेको हो। 

ब्युरो स्रोतका अनुसार दुबईको एयर अरेबिया बिमानबाट ल्याइएको उक्त सुन बरामद गरिएको हो। ‘दुबईको एयर अरेबिया बिमानबाट मिलेमतोमा ल्याइएको सुन बरामद गरिएको हो,’ ब्युरो स्रोतले शुभदिनसँग भन्यो। 

बरामद सुन सिआइबीले महानगरीय प्रहरी बृत्त गौशालाबाट सार्वजनिक गरेको हो। अति संवेदनशील क्षेत्र मानिएको विमानस्थलको सुरक्षाबाट उक्त सुन कसरी नेपाल आइपुग्योबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘युएर्इबाट नेपाल उडेका एक व्यक्तिको साथमा सुन रहेको सुइँको पाएपछि प्रहरी त्यहाँ पुगेको थियो,’ ब्युरो प्रमुख डिअाइजी नवराज सिलवालले भने, ‘जाँचपास भएर निस्किने क्रममा यतिका सुन भेटिएको हो।’

यो परिमाण सुन पक्राउका हिसाबले अहिलेसम्मकै ठूलो परिमाण हो। यसअघि प्रहरीले एकपटकमा पच्चीस किलोसम्म सुन पक्रेको थियो। ‘यतिका धेरै सुन विमानस्थलबाट कसरी पास भयो र यहाँको सुरक्षा जाँचबाट बाहिरियो हामी अनुसन्धान गरिरहेका छाैं,’ सिलवालले भने। 

युएईबाट एयर अरेबियाको जहाजमा आएका युवक गोपालबहादुर शाहीको साथबाट सुन बरामद गरिएको हो। ब्यरोका अनुसार ती युवक विमानस्थलबाट सुरक्षा जाँचपास भर्इ निस्किइरहेका थिए। उनीसँगै अन्य दुर्इ एक व्यक्ति पनि समातिएको ब्युरोले जनाएको छ। 

‘एयरपोर्टजस्तो सुरक्षा दृष्टिले संवेदनशील क्षेत्रबाट कसरी सुन आयो, हामी अनुसन्धान गरिरहेका छौं,’ ब्युरोका अधिकारीले भने। उक्त सुन विमानस्थलका कर्मचारी तथा प्रहरीको मिलेमतोमा आएको हुनसक्ने अनुमान गरिएको छ। 

ब्युरो प्रवक्ता एसपी मीरा चाैधरीले अन्दाजी ३४ केजी सुन बरामद गरिएको बताइन्। ‘यसमा थपघट केही हुनसक्छ हामीले जोखेका छैनाैं,’ उनले भनिन्। 
 

 

More form the Internet

loading...