Suvadin, Home

Cover Image

सुन तस्करीमा नयाँ बाटाे!
सुन तस्करीकाे बाटाे बदल्दै तस्कर, लमजुङमा १७ किलाे सुन बरामद भरिया पक्राउ

मनाङको नासोङ गाउँपालिका-९ का ३१ वर्षीय पासाङ गुरुङलाई पक्राउ गरिएको छ। उनी सवार बा५८प ४२९१ नम्बरको माेटरसाइकल पनि प्रहरीले बरामद गरेकाे छ। प्रहरीले मर्स्यांदी गाउँपालिकास्थित खुदी क्षेत्रबाट सुनसहिच ती युवालाई नियन्त्रणमा लिइएकाे जनाएका छ।
बरामद गरिएकाे सुन सार्वजनिक गर्दै प्रहरी। तस्वीर साैजन्यः सराेज बस्नेत

काठमाडाैं, कात्तिक १६ – प्रहरीले लमजुङमा करिब १७ किलोग्राम सुन बरामद गरेका छ। साथै प्रहरीले सुन अाेसारपसारमा संलग्न भएकाे अभियाेगमा एक युवालार्इ नियन्त्रणमा लिएकाे छ।

मनाङको नासोङ गाउँपालिका-९ का ३१ वर्षीय पासाङ गुरुङलाई पक्राउ गरिएको छ। उनी सवार बा५८प ४२९१ नम्बरको माेटरसाइकल पनि प्रहरीले बरामद गरेकाे छ। प्रहरीले मर्स्यांदी गाउँपालिकास्थित खुदी क्षेत्रबाट सुनसहिच ती युवालाई नियन्त्रणमा लिइएकाे जनाएका छ।

मनाङतर्फबाट मोटरसाइकलमा अाउँदै गरेका गुरुङलार्इ सुनले भरिएकाे झोलासँगै पक्राउ गरिएकाे लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर बिष्ट जनाएका हुन्। चेकजाँचका क्रममा भाग्न खाेजेपछि उनलार्इ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएकाे बिष्टले बताएका छन्।


 

More form the Internet

loading...