Suvadin, Home

Cover Image

दुबईबाट सुन आउँछ, सागको मुठामा दिराम जान्छ

प्रहरीले दुबईबाट सुन आउने र नेपालबाट डलर तथा दिराम त्यहाँ जाने गरेको तथ्य पत्ता लगाएको छ। जाने बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण हुने र सुन ल्याउँदा प्रहरीको भन्दा भन्सारको बढी भूमिका देखिएको सिआइबी स्रोतले जनाएको छ। ‘दुबईमा हरियो सागको निक्कै अभाव छ, नेपालबाट क्वीन्टलका हिसाबले जान्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘सागभित्र डलर र दिराम पठाइने गरिएको छ।’ हुण्डीलगायत गैरकानुनी तरिकाले नेपाल आएको डलर, विदेशी मुद्रा त्यहाँ पठाएपछि सुन भित्रिने गरेको हो।

त्रिभुवन विमानस्थलमा तस्करको सेटिङ
 

विप्लव मरासिनी काठमाडौं, माघ २२


लामो समय बितिसक्दा पनि प्रहरीले अझै साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके पत्ता लगाउन सकेको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘नजिक–नजिक पुगिसकेको’ र चाँडै मुख्य नाइकेसहित सबै फेहरिस्त सार्वजनिक गर्ने दाबी गरिरहे पनि आशा गरिएअनुसार सफलता हात पार्न नसकेको हो। 

प्रहरीले यसअगाडि नै पक्राउ गरेका आरोपीहरूले पनि सुन तस्करीका मुख्य नाइकेका बारेमा पुष्ट जानकारी दिन नसकेपछि सिआइबी अधिकारी बिलखबन्दमा परेका छन्।

सुरूमा दुई जना भरिया रंगेहात पक्राउ परेका थिए। त्यसपछि ‘सेटिङ’मा संलग्न भन्सारकर्मी पक्राउ परे। तस्करीका तह–तह भएकाले उनीहरूले पनि यथेष्ट जानकारी दिन नसकेको प्रहरी स्रोतले जनाएको छ। तर, अनुसन्धान क्रममा केही नयाँ तथ्यहरू भने उद्घाटित भएका छन्।

सागको मुठामा जान्छ दिराम

प्रहरीले दुबईबाट सुन आउने र नेपालबाट डलर तथा दिराम त्यहाँ जाने गरेको तथ्य पत्ता लगाएको छ। जाने बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण हुने र सुन ल्याउँदा प्रहरीको भन्दा भन्सारको बढी भूमिका देखिएको सिआइबी स्रोतले जनाएको छ।

‘दुबईमा हरियो सागको निक्कै अभाव छ, नेपालबाट क्वीन्टलका हिसाबले जान्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘सागभित्र डलर र दिराम पठाइने गरिएको छ।’ हुण्डीलगायत गैरकानुनी तरिकाले नेपाल आएको डलर, विदेशी मुद्रा त्यहाँ पठाएपछि सुन भित्रिने गरेको हो।

तस्करहरूले पठाउँदा प्रहरीसँग बढी ‘सेटिङ’ गर्ने र आउँदा भन्सारका कर्मचारीहरूसँग मिलेर सजिलैसँग सुन तस्करी गर्दै आइरहेका छन्। दुबईमा सुन कडिकडाउ छैन। नेपालबाट रोजगारका लागि गएका कतिपय युवा सुनका विस्कुट प्याकिङ गर्ने काममै संलग्न छन्। तर, तस्करीका पनि तह–तह भएकाले एउटालाई अरुको कुरा थाहा नहुने गरेको स्रोतले बतायो।

‘भरियाको काम एयरपोर्टमा पुगेर टिकट, पकेट मनि र उनीहरूमध्ये कुनै एकले दिएको लगेज लिएर यात्रा गर्नु मात्र हुन्छ,’ एक प्रहरी अधिकृतले भने, ‘लगेजभित्र के हुन्छ। उसलाई थाहा र मतलब दुबै हुँदैन। यात्रु र टिकटको फोटो खिचेर नेपाल पठाइन्छ। एउटा फोटो भन्सार कर्मचारीकोमा पुग्छ। भरिया काठमाडौं ओर्लेपछि मात्र उसको मोबाइलमा फोन आउँछ र तोकिएको मान्छेसँग सम्पर्क गराइन्छ।’

यसबापत भरियाले झन्डै ४०/५० हजार रुपैयाँ पाउने गरेका छन्। उनीहरूको काम नै झोला बोकेर हिँड्नु हो। जहाजबाट झोला लिएर विमानस्थलमा उत्रेपछि स्क्यानिङमा बसिरहेका कर्मचारी आफंैले  भरिया पहिचान गरेर उसको लगेजमा ‘भन्सार गर्नुपर्ने’ ट्याग लगाएर सुरक्षित पठाइदिन्छ। त्यहीँबाट समान बाहिरिन्छ। स्रोत भन्छ, ‘स्क्यानिङमा कार्यरत कर्मचारीले झोलाभित्र रहेको सबै कुरा प्रष्ट देखिने गरेको बयान दिएका छन्। उनीहरूलाई पहिल्यै सबै थाहा हुने भए पनि सबैतिरको सेटिङले ‘देखिए पनि नदेखिएको’जस्तो मात्र गरिरहेको खुलेको छ।’

तनावमा सिलवाल

ठूलो परिणाममा अवैध सुन पक्राउ परेपछि सुरूमा हौसिएका सिआइबी प्रमुख डिआइजी नवराज सिलवाललाई अहिले यही कुरा घाँडो हुँदै गएको छ। आईजीपीको लाइनमा पहिलो नम्बरमा रहेका सिलवाललाई मुख्य अभियुक्त लगायतलाई पक्राउ गरेर मिलेमतोमा भइरहेको सुन तस्करीको पर्दाफास गर्नुपर्ने ‘पब्लिक प्रेसर’ एकातर्फ छ भने अर्कोतर्फ यो मुद्दा टुग्याउनै उनलाई सकस छ। 

‘मुख्य नाइकेहरूको लगभग पहिचान भइसकेको छ, तर उनीहरू सबै विदेशमै रहेकाले पक्राउ गर्न सकिएको छैन,’ स्रोतले भन्यो, ‘फेरि संगठित अपराध ऐन अन्तर्गतको मुद्दा भएकाले सबै कडीहरूलाई एक–एक गरी जोड्नका लागि पनि त्यसरी नै पक्राउ गर्नुपर्ने हुन्छ।’

सिआइबीले पुस २८ गते बिहीबार विमानस्थलबाट दुई जना भन्सार कर्मचारीलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये स्क्यानिङ फाँटका सुब्बा श्रीनारायण यादव र एसएसपी श्याम खत्रीका बीचमा पटक–पटक टेलिफोन सम्पर्क भएको देखिएको थियो। तर, हेडक्वाटर तानिएका खत्रीलाई अहिलेसम्म कुनै कारबाही भएको छैन।

‘तस्करीमा संलग्न मुख्य नाइकेहरु पक्राउ नपरेपनि संगठित अपराधको मुद्धा भएकाले तिनलाई मुख्य अभियुक्त बनाएर मुद्धा दर्ता गरिने सिआइबी स्रोतको भनाई छ । ‘७÷८ जनाको पहिचान भएपनि उनीहरु बिदेशमा रहेकाले यता मुद्धा प्रक्रिया अगाडी बढाउने र पछि अदालतबाट वारेन्ट लिएर पक्राउ गरिनेछ,’ एक प्रहरी अधिकृतले भने।


 


 

More form the Internet

loading...