Suvadin, Home

दंगाग्रस्त दार्जीलिङ!
दार्जीलिङमा फेरि हिंसा भड्कियो, सुरक्षाकर्मीसहित दुर्इ जनाकाे मृत्यु

दार्जीलिङमा सुरक्षाकर्मी र बिमल गुरुङ नेतृत्वकाे गाेरखा जनमुक्ति माेर्चाका कार्यकर्ताबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ।
दार्जीलिङमा आन्दोलनकारी र प्रहरी।

काठमाडौं, असोज २७ – दार्जीलिङमा फेरि हिंसा भड्किएको छ। गाेरखाल्याण्ड पक्षधर र प्रहरीबीचकाे झडपबा शुक्रबार बिहानैदेखि दार्जीलिङ तनावग्रस्त भएकाे हाे।

दार्जीलिङमा सुरक्षाकर्मी र बिमल गुरुङ नेतृत्वकाे गाेरखा जनमुक्ति माेर्चाका कार्यकर्ताबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ।

झडपमा सुरक्षाकर्मीका तर्फबाट इन्स्पेक्टर अभिताभ मल्लिकको मृत्यु भएको हाे। झडपमा मारिएका आन्दोलनकारीको सनाखत भएको छैन। झडपमा परी २० जनाभन्दा धेरै घाइते छन्।

आन्दोलनकारीले सुरक्षाकर्मीको गाडी पनि तोडफोड गरेका छन्। बडादशैंलार्इ लक्षित गरी माेर्चाले स्थगन गरेकाे अान्दाेलन फेरि चर्किएकाे हाे।


 

More form the Internet

loading...