Suvadin, Home
Nepal Telecom 927.2k

२८ हल गोरु जुधाइँदै

माघे सक्रान्तिको अवसर पारेर यसवर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउन लागिएको जानकारी दिएका हुन्।

काठमाडौं, पुस २६


माघे सक्रान्तिको अवसर पारेर यसवर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउन लागिएको जानकारी दिएका हुन्।

कार्यक्रममा एमाले, पर्यटन विभाग प्रमुख सूर्य थापाले परम्परागत रुपमा चल्दै आएको यस्ता पर्वलाई निरन्तरता दिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। ‘पूर्वाधारको विकास भए मात्र पर्यटन क्षेत्रको विकास सम्भव छ,’ उनले भने।

नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले नेपालको सांस्कृतिक क्षेत्रलाई पर्यटनका रुपमा विकास गर्न पर्यटन बोर्ड लागिरहेको बताए।

तारुका माघे संक्रान्ति गोरु जुधाइ समितिका संयोजक दीपेश शाक्यले लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा गोरुको छनोट गरिएको जानकारी दिए। गोरु जुधाइका क्रममा मरिहाल्यो भने ३० हजार क्षतिपूर्ति दिने व्यवस्था समितिले मिलाएको छ।

रसुवा बेत्रावतीमा भने गोरु घाइते भएमा १० हजार र मरेमा २५ हजारको व्यवस्था मिलाएको छ। रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछाने, महासचिव शिव अधिकारी, पर्यटन व्यवसायी दीपक महतलगायतले परम्परागत रुपमा मनाउँदै आएको गोरुजुधाइ मेलालाई पर्यटकीय आकर्षकको केन्द्र बनाउनुपर्नेमा जोड दिएका थिए।

यहाँका किसानले गोरु जुधाउनका लागि असार, साउनदेखि नै गोरुलाई विशेष हेरचाहका साथ पाल्ने गर्छन्। करिब दुई सय वर्षअघि बझांगी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा भान्जाको मनोरञ्जनका लागि गोरु जुधाएको स्मरणमा बर्षेनी माघेसंक्रान्तिमा गोरु जुधाइ हुने गरेको भनाइ छ। रासस

 


 

More form the Internet

loading...